नेपाली कांग्रेसका युवा नेता भरत कुमार शाहीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका युवा नेता शाहीले नेपाली कांग्रेस भित्रको चरम गुटबन्दी र अराजकतालाई अन्त्य गर्दै सहमति सहकार्य र सह अस्तित्व स्विकार्ने अबस्था बनाउनु पर्ने बताउनु भएको छ । चालू महाधिवेशनमा भैरहेको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक रूपमा लिनु पर्ने बताउदै शाहीले बिजयी हुने पक्षले सबैलाई समेटेर सबैको राजनिती अस्तित्व लाई सम्मान गर्नुपर्दछ र पराजित हुने पक्षले ठुलो हृदय बनाउदै सहकार्य गरेर पार्टी संगठन निर्माणमा सहयोग गर्नु पर्ने बताउनुभयो । अहिले नेपाली कांग्रेसका विभिन्न भातृसंगठन हरूलाई वडा तहसम्म बिस्तार गरेर प्रजातान्त्रिक समाजबाद र नेपाली कांग्रेसका सैद्धान्तिक मुल्य र मान्यताका बारेमा प्रशिक्षण गर्दै कांग्रेस बलियो बनाउने बेला भएको बताउदै शाहीले समाज रूपान्तरण र गाउँ टोल बिकासमा कांग्रेसका हरेक कार्यकर्ता होमिने बाताबरण सृजना गर्नु पर्ने बताउनु भयो । नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भमा कुरा गर्दै शाहीले मंसिर ६ गते हुन लागेको संघीय निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि आफू आकांक्षी रहेको जानकारी गराउदै यदि सबैको सहमति र सहयोग भएमा महाधिवेशन प्रतिनिधिको भुमिकामा रहेर पार्टी बिस्तार र संगठन सुदृढीकरणमा योगदान गर्ने योजनामा रहेको बताउनु भयो । “सेवामुखी राजनीति, मेरो प्रतिबद्धता“ भन्ने नाराका साथ अधि बढेका युवा नेता शाहीले एक घर एक काँग्रेस अभियान चलाउदै आसन्न निर्वाचनहरूमा कांग्रेसलाई बिजयी गराउनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो । आफुले जिम्मेवारी पाए नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र पद्धतीबाट अघि बढाउन,पार्टीमा युवा कार्यकर्ताको आकर्षण बढाउन, संगठन बलियो बनाउन हरेक कार्यकर्ता लाई प्रशिक्षण दिन र जनता संग हरेक कांग्रेसीको सुमधुर सम्बन्ध स्थापित गराउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका युवा नेता भरत कुमार शाही विद्यार्थी कालमा लोकप्रिय नेताका रुपमा स्थापित व्यक्ति हुनुहुन्छ । २०५३ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य लिएका शाही २०५० सालमा नेपाल नेपाल विद्यार्थी संघको स्कूल इकाई सभापति हुँदै कालिकोट जिल्लाको सभापति र २०५८ देखि २०६३ सम्म नेविसंघ केन्द्रीय सदस्य भई सक्नु भएको छ । निरंकुशता बिरूद्दको आन्दोलनमा पटक पटक गरि लगभग २ बर्ष जेल जीवन बिताएका शाही आन्दोलनको अग्रपंक्तिमा रहने युवा मध्येका एक हुनुहुन्छ । माओवादी द्वन्द्वका बेला कांग्रेसीहरूको ढाल जस्तै बनेर काम गरेका नेता शाही बिकास बादी नेता एबं पार्टी भित्र हक्की स्वभाव भएको नेताको छवि बनाउनु भएको छ । बिभिन्न संघ संस्थामा नेतृत्व गरी सक्नु भएको शाही हाल निजी क्रिकेट संघ एकाडमी नेपालको राष्ट्रिय अध्यक्ष हुनुहुन्छ भने धापासी जेसीज , पूर्व नेपाल बालसंगठन कालिकोटको पुर्ब अध्यक्ष, नेपाल पत्रकार संघ कालिकोटको पुर्ब अध्यक्ष समेत रहि सक्नु भएको छ । शाहीले आफुलाई विजयी गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि , नगर सभापति , प्रदेशसभाका पदाधिकारी , नेता कार्यकर्ता सबैलाई अपिल गर्नु भएको छ ।



