Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

शाहीले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

शाहीले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  • समाचार
  • मंसिर ७, २०७८ मंगलवार ०७:३८ बजे
  • 901
    SHARES
  • शाहीले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

    नेपाली काङ्ग्रेसको आसन्न १४ औ महाधिवेशनमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा सदस्यका उम्मेदवार दिक्पाल कुमार शाही महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नु भएको छ। दैलेख का ग्रामीण क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रम बनायर उत्पादन मुखी कार्यकर्ता र जनमुखी कार्यक्रम मार्फत १ घर १नेपाली काङ्ग्रेस को पार्टीको कार्यकर्ता उत्पादन गरि दैलेखमा नेपाली काङ्ग्रेस पहिलो पार्टी स्थापना गरि समाज परिबर्तन गर्ने उदेश्यले केन्द्रीय महाअधिवेसन प्रतिनिधिमा प्रभावसाली नेता शाहिले आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।                           को हुन शाही ?                                                      नेपाली कांग्रेसका पुर्व सभापति सुशील कोइराला ,पुर्व माननीय रङ्ग बहादुर शाही र कर्णाली प्रदेश नेपाली काङ्ग्रेस ससदिय दलका प्रमुख सचेतक हिम बहादुर शाहीको प्रेरणाले शाही कांग्रेसमा ३०४३ सालबाट सक्रियरुपमा लाग्नु भएको छ। २०४५ सालमा गाउकै जयदेव माध्यमिक बिध्यालय जम्बुकाँधमा शिक्षण पेशामा आवद्ध हुनु भयो ।नेपाल शिक्षक संघ दैलेखको संस्थापक उप सभापति,सहसचिव र संगठनबिभाग प्रमुख भएको शाही संग अनुभव छ । २०४७ साल देखि शाही नेपाली काङ्ग्रेस दैलेख जिल्ला कार्यसमिति समितिको सदस्य सह सचिव र १ कार्यकाल उप सभापति भएर पार्टी जिम्मेवारी सम्हालेर सक्नु भएको छ।                                  पार्टीमा एक पद एक ब्यक्ति नीति लागू भए पछि नेता शाहीले शिक्षण पेशा भन्दा पार्टीको काम रोज्नु भएको थियो। । आफू आफ्नो ब्यक्तिगत काम लाई थाती राखेर बिगत देखि नै पार्टी नेतृत्वले तोकेको राजनीति जिम्मेवारी इमानदारी पुर्वक पुरा गरेकोले आगामी दिनहरुमा पनि पार्टीले जनमुखी कार्यक्रम ल्यायर श्रमजीवी जनतालाइ राहत पुग्ने जस्ता कार्यक्रम ल्याइ दैलेख का ग्रामीण क्षेत्रका बस्ती बस्ती सम्म लैजाने नेता शाहीले बताउनु भयो ।                                                                        १४ औ महाअधिवेसन कृयासिल सदस्य को संख्या बढेकोले ,महाअधिवेसन प्रतिनिधि ,महासमिति सदस्य को संख्या बिगतका अधिवेशन भन्दा बढी नै हुने भएकोले यो समयमा दुई समुहमा बिभाजन नभएर एक जुट भइ अगाडि बढाउने शाही को मुख्य उदेश्य रहेकोले पार्टी अग्रज नेता क्षेत्रीय प्रतिनिधि पालिका सभापति र युवा पुस्ता हरु आफू मतदान गरि निर्वाचित गराउन सम्पुर्ण काङ्ग्रेस जन हरुलाइ अपिल गर्नु भएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images