नेकपा एमाले लम्कीचुहा नगर कमिटी अध्यक्षमा तुलासिंह थापा सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा रामेश्वर चौधरी , सचिव शेर बहादुर बिष्ट , उप सचिव टेक बहादुर खड्का , दिपा रावत लगायत ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ । यस्तै टिकापुर नगर कमिटीमा धुर्वराज खत्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कमिटीको उपाध्यक्षमा कृष्ण चौधरी , सचिव विजय सार्की , उपसचिव पदम सापकोटा , पुर्ण प्रसाद सापकोटा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ । घोडाघोडी नगर कमिटीको अध्यक्षमा बक्त बहादुर शाही सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा टेकराज आचार्य , सचिव खडग चौधरी , उपसचिवमा गंगाराम भट्ट , पुजा न्यौपाने लगायत ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका छन् । मोहन्याल गाउँ कमिटीको अध्यक्षमा पुर्ण बहादुर साउद सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा टिकाराम भण्डारी , सचिव टेकेन्द्र सिंजाली , उपसचिवमा लिलाराम माझी , हिक्मत ओली लगायत ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएका छन् । भजनी नगर कमिटीको अध्यक्षमा खडक् बुढा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा शिवचरण चौधरी , सचिव राज बहादुर बुढा , उपसचिव सरिता साउद , धर्मराज तिमिल्सैना लगायत ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएका छन् । जोशीपुर गाउँ कमिटीको अध्यक्षमा केशव डंगौरा , उपाध्यक्षमा शेरबहादुर मौनी , सचिवमा यमराज जोशी , उपसचिवमा दानसिंह चौधरी लगायत ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएका छन् । कैलारी गाउँ कमिटीको अध्यक्षमा झुमादेवी चौधरी सर्वसम्मत चयन भएकी छन् । उपाध्यक्षमा हर्कबहादुर दमाई , सचिवमा गणेश चौधरी , उपसचिव लक्ष्मीनारायण चौधरी र सिमा चौधरी लगायत ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएका छन् । गौरीगंगा नगर कमिटीको अध्यक्षमा शान्ति सिंह सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा पदम ऐर , सचिव अम्मर छन्तेल , उपसचिव खेमानन्द पौडेल र प्रेम विक लगायत ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएका छन् । चुरे गाउँ कमिटीको अध्यक्षमा चक्रबहादुर बोगटी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा दिपादेवी साउद , सचिवमा हर्क धामी , उपसचिवमा राम भाट र हिरा विक लगायत ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएका छन् ।



