नेपाल प्रेस युनियनका महासचिव अजयबाबू शिवाकोटीले नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । शिवाकोटीले मङ्गलबार बेलुकी राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी काङ्ग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रेस युनियनमा फर्किएर नआउने बताउँदै शिवाकोटीले मिडिया उद्यमीको रूपमा आफू दलीय राजनीतिमा प्रवेश गरेको बताए । तथापि, अब मिडिया उद्यमीका रूपमा रहने शिवाकोटीले बताए । उनले आफूले सम्पादकीय नेतृत्व महाधिवेशन प्रतिनिधि हुँदादेखि नै छोडिसकेको स्पष्ट पारेका छन्।



