Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गायक थापाको मौलिकता बोकेको देउडा गीत पहाडको ठन्डो पानी सार्वजनिक

गायक थापाको मौलिकता बोकेको देउडा गीत पहाडको ठन्डो पानी सार्वजनिक

  • समाचार
  • मंसिर १२, २०७८ आइतवार ०९:०८ बजे
  • 2.7K
    SHARES
  • गायक थापाको मौलिकता बोकेको देउडा गीत पहाडको  ठन्डो पानी सार्वजनिक
    • कर्णाली भ्यूज

    गायक तथा सञ्चारकर्मी गोपाल जंग थापाको नयाँ प्रस्तुती पहाडको ठन्डो पानी बोलको देउडा गित बजारमा आएको छ । सुदूरपश्चिमको परिवेश, स्थानिय रहन सहन, भेषभूषालाई समेटेर तयार पारिएको यो गित भिडीयो सहित गायक थापाको युटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।                                               उनले गित मार्फत देउडा संस्कृतिको कुरा मात्र नभई पहाडको मूलबाट बग्ने पानीको महत्व र मिठास पनलाई गित मार्फत व्यक्त गरेका छन । गायक थापाले यो गितलाई धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको बताए । उनले भने “हामीले सक्दो मेहनेत लगाएर अहिले सम्मकै नयाँ अनि फरक किसिमको देउडा भाका दर्शक माझ ल्याएका छौ, तपाईहरुले गितको शब्द, लय र भिडीयो हेरेर नै गितको मर्मलाई बुझ्न सक्नुहुन्छ, त्यसैले दर्शक तथा शुभचिन्तकहरुले पहाडको ठन्डो पानी गितलाई अझ बढी चाख दिएर माया गरि दिनु हुनेछ ।”                                           उनले चर्चा कमाउनकै लागि मौलिकता बिगार्ने खालका गित गाउनु भन्दा गाउँ, समाजलाई पाच्य हुने किसिमका गितहरुलाई दर्शकहरुले नै छुट्याउने बताए ।                                                 पहाडको ठन्डो पानी बोलको यस गितमा चर्चित गायिका पूर्णकला विसी र गायक थापाको स्वर रहेको छ । विजय थापाको संगीत संयोजन रहेको गितको रेकर्डिङ्ग विशेष डिजिटल स्टुडियो काठमाडौँमा गरिएको थियो । त्यसैगरी गितमा चित्रकला बुढाको लय छ भने प्रकाश थापाको शब्द रहेको छ । सुदूपश्चिमको सुन्दर पहाडी जिल्ला अछामको बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन भएको यस गितमा गायक थापा र चर्चित मोडेल रोजी कुंवरको उत्कृष्ट अभिनय रहेको छ ।                                       सुरेन्द्र संगम(डोट्याल बड्डा) को निर्देशनमा तयार पारिएको गितको क्यामेरामा सोनु बिकले साथ दिएका छन भने सह क्यामेरामा प्रकाश विसिले सघाएका छन । यस अघि पनि गायक थापाले क्या राम्रो रैछ नि साँफेबगर, नेपालका नेता, बर पिपल छायाले, चश्मा लाउँछु कालो, भत्ता पचाउन, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गितहरु बजारमा ल्याइसकेका छन ।    


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images