नेपाली काँग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रेग्मीले संस्थापन पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । रेग्मीले ७ सय ९१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्याशी भण्डारीले ७ सय ५४ मत प्राप्त गरे । रेग्मी रामचन्द्र पौडेल पक्षका हुन् । उपसभापतिमा नवराज शाही र रीता कुमारी शाही निर्वाचित भए भने सचिवमा खेमराज वलि र नारायण प्रसाद रेग्मी विजयी भएका छन् । सहसचिवमा कनक बहादुर सेन ठकुरी र महेन्द्र बहादुर शाही चटान विजयी भएका छन्। यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि बिमल विक्रम शाही बिजय भएका छन भने केन्द्रीय महाधिवेशन प्रतिनिधि नर बहादुर खड्का भएका छन ।



