Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

व्यावसायीहरूको हकहितको लागि लम्की बजार व्यवस्थापन समिति गठन

व्यावसायीहरूको हकहितको लागि लम्की बजार व्यवस्थापन समिति गठन

  • समाचार
  • मंसिर १३, २०७८ सोमवार १९:०२ बजे
  • 1.2K
    SHARES
  • व्यावसायीहरूको हकहितको लागि लम्की बजार व्यवस्थापन समिति गठन

    व्यावसायीहरूको हकहितको लागि ब्यापारीहरुको भेलाले आज सोमबार लम्की बजार व्यवस्थापन समिति गठन गरेको छ । लम्की बजार व्यवस्थापन समितिको अध्यक्षमा दिपक कुमार तिमिल्सैना चयन भएका छन् ।        received_268057072048599.jpeg                                          समितिको बरिष्ठ उपाध्यक्षमा पुष्पराज ढकाल, उपाध्यक्षमा पदमराज जैशी, सचिवमा  मनिष न्यौपाने, सहसचिवमा कृष्ण चपाई, कोषाध्यक्षमा मदनराज न्यौपाने, जयलाल न्यौपाने, अशोक डाँगी, चक्र स्वडारी, जयराम चौधरी लगायतका १३ सदस्यीय तदर्थ समिति चयन गरिएको हो ।                                         भेलाले पदमराज चौलागाईको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको छ । जसको सदस्यमा तर्क बहादुर थापा, कृष्ण बहादुर धामी, बिष्णु जैशी र शालिकराम पुडासैनी रहेका छन ।                                                  करीब ४ बर्ष देखि  लम्कीचुहा उद्योगबाणिज्य संघ निष्क्रीय भएपछि यस क्षेत्रका ब्यापारी व्यावसायी हकहितको लागि आवाज उठाउने संगठन नभएको भन्दै लम्कीका ब्यापारीहरुले आज लम्कीमा लम्कीचुहा उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष पदमराज चौलागाईको अध्यक्षतामा भेला गरी लम्की बजार ब्यावस्थापन समिति गठन गरेका हो ।                             समितिले छिट्टै संस्थालाई सम्बन्धित निकायबाट आधिकारिकता प्राप्तगरी सकेपछि बजार बासीको हकहित र सुरक्षाका लागि छिट्टै नयाँ कार्यक्रम र योजना सार्बजनिक गर्ने लम्की बजार ब्यवस्थापन समितिका कोषाध्यक्ष मदनराज न्यौपानेले जानकारी दिनु भएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images