नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका डाक्टर भीम रावल ओलीसँगै मञ्चमा देखिएका छन्। एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मत अन्तरमा विजयी भएपनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका हुन्। ‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ मतपरिणाम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण गराइएको हो । कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन्। अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्। एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको हो। मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा ओलीले १८ सय ४० मत ल्याउँदा रावलले २सय २३ मत ल्याएका हुन् ।



