धापासी जेसिज का पुर्ब अध्यक्ष भरत कुमार शाहीले नेपाली कांग्रेसकाे १४औ महाधिवेशनमा केन्द्रीय सदस्यकाे उम्मेदवारी घाेषणा गर्नु भएकाे छ । गृह जिल्ला धनगढीमा पत्रकार सम्मेलन गर्दै शाही ले "सेवामूलक राजनीति मेराे प्रतिबद्धता" भन्ने नारा का साथ केन्द्रीय सदस्य मा आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएकाे हाे । नेपाली कांग्रेस भित्र माैलाउदै गएकाे सैधान्तिक बिचलनकाे अन्त्य गरि हरेक कांग्रेस जनले सेवामुखी भएर जनताकाे बिचमा जानू पर्ने धारणा ब्यक्त गर्दै शाहीले आफू केन्द्रीय सदस्य बिजयी भए नेपाली कांग्रेस लाई जनताकाे पृय पार्टी बनाउन अहाेरात्र खट्ने प्रतिबद्धता जाहेर गर्नु भयाे । २०५० सालमा नेबिसंघ स्कुल ईकाई सभापति हुँदै जिल्ला कार्य समिति सभापति र केन्द्रीय सदस्य समेत भैईसकेका शाही २०६२ सालमा नेबिसंघ काे नेपालगंज महाधिवेशन मा केन्द्रीय उपाध्यक्ष काे प्रत्यासी हुनुभएकाे थियाे । माओवादी बाट एक जना दाजु २ भतिजा र ससुरा गरि परिवार का ४ जना सदस्य गुमाएका शाही काे पटक पटक हत्या प्रयास भएपनि बांच्न सफल हुनु भएकाे थियाे । नेपाली कांग्रेस प्रजातान्त्रिककाे केन्द्रीय कार्यालय बानेश्वर काठमाडौं मा शाही लाई हत्या गर्ने उद्देश्यले ले माओवादीले बम बिष्पाेट गराएका थिए । निरंकुशता का बिरूद्दकाे आन्दोलनमा अग्रपंक्तिमा कमाण्ड गर्ने जनआन्दोलन का घाईते शाहीले पटक पटक गरि करिब १८ महिना जेल जीवन बिताउनु भएकाे थियाे । कैलाली क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि भरत कुमार शाही पछिल्लो समय समाज सेवामा लाग्ने एक अग्रणी युवा हुनुहुन्छ । नेपाल पत्रकार महासंघकाे जिल्ला अध्यक्ष, निजी क्रिकेट एकेडेमी संघ नेपालकाे अध्यक्षकाे समेत भुमिका निर्वाह गरिसक्नु भएकाे छ ।



