आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका ८ का विमित स्व. रन्जित चौधरीकी श्रीमती भावना चौधरीलाई ३लाख २५ हजार ७सय २८ रुपैयाँ प्रदान गरेको हो ।
कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सैनाले उक्त रकम प्रदान गरेका हुन् । लम्कीचुहा नगरपालिका -८ , मालभङ्गा मा अवस्थित विमितको घर आगनमै एक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो । स्व. रन्जित चौधरी ले २०७५ साल माघ २९ गते आई.एम.ई. लाईफ ईन्स्योरेन्स लम्की शाखा मा ३ लाख रुपैयाँको बिमा गरेका थिए । ३ लाख रुपैयाँको बिमा गरेका उनले दुई किस्ता २८,२४२/-मात्रै प्रिमियम बुझाएका थिए । बीमा जारी भएको छोटो समयमा २०७८ साल भदौ २ गते २६ वर्षको कलिलो उमेर मा असामायिक उनको निधन भएको थियो ।
बिमा रकम बुझेपछि श्रीमती भावना चौधरीले श्रीमानको मृत्युको पीडा भुल्न कम्पनीले दिएको दाबी भूक्तानी रकमले केहि भएपनि सहयोग गर्ने बताइन् । कम्पनी का लम्की शाखा प्रमुख बल बहादुर थापाले संञ्चालन गरेको कार्यक्रम मा आइएमई लाईफ लम्की शाखाका एजेन्सी मेनेजर मेनुका श्रेष्ठ, लगायत छिमेकी, आफन्त र वडघर जगतराम चौधरी लगायतको उपस्थिति थियो । कार्यक्रममा कम्पनिका सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सैनाले बिमाका फाइदाको बारेमा आफ्नो भनाई व्यक्त गर्नुभएको थियो भने वडघर ले भुक्तानी लिन सहज भएको र कुनै झन्झट विना घरमै आई रकम हस्तान्तरण गरेको मा विमा कम्पनी लाई धन्यवाद प्रदान गनुभयो को थियो !



