Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

केन्द्रीय सदस्यमा कांग्रेस नेतृ रानाको उम्मेदवारी दिने

केन्द्रीय सदस्यमा कांग्रेस नेतृ रानाको उम्मेदवारी दिने

  • समाचार
  • मंसिर १९, २०७८ आइतवार १८:४५ बजे
  • 2.6K
    SHARES
  • केन्द्रीय सदस्यमा कांग्रेस नेतृ रानाको उम्मेदवारी दिने

    नेपाली काँग्रेसकी कर्मठ ,जुझारु नेतृ सीता कुमारी रानाले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । नेपाल महिला संघ दैलेखको सभापति समेत रहेकी रानाले आदीबासी जनजाती महिला आरक्षण तर्फबाट नेपाली कांग्रेसको आसन्न १४ औ राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन् ।                                             दैलेखमा सशक्त र सुदृढ काङ्ग्रेसको संगठन बिस्तार गरि पहिलो पार्टी बनाउने उदेश्यले केन्द्रीय सदस्य उम्मेदवारी दिने महिला नेत्री रानाले बताउनुभयो । उनी दैलेखबाट अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनी दैलेख निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट ४ सय ३ मत सहित केन्द्रीय महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेस महाधिवेशन यही मंसिर  २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।                                     को हुन् सीताकुमारी राना ?        सीता कुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् । संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् ।                                                                      राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् । उनी २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन् ।                                                                 विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ ।उनले दैलेखको ग्रामीण क्षेत्रका महिलाहरुलाइ नेपाली काङ्ग्रेसको जन वर्गीय संघसंगठनमा आवद्ध गराउदै ,नेपाली काङ्ग्रेसको पार्टी बिस्तारमा अग्रणी भुमिका रहेको छ।                                        उनी दैलेखको अग्रणी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पूर्व अध्यक्ष हुन् । हाल उनि उक्त संस्थाको सल्लाहकार समिति संयोजक हुन् ।                                            यसबाहेक उनी सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन् । राना हालै नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनमा अगुवाई गर्दै आएकी छिन् ।                                                                   नेपाली कांग्रेस महिला नेतृ सीता कुमारी रानाले देशभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू , जिल्ला सभापतिहरू , महासमिति सदस्यहरू , शुभेच्छुकहरू मतदानमा सहभागी सबैले आफुलाई मतदान गरेर विजयी गराउन अपिल गर्नु भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images