युथ लिर्डर सीप कर्नर लम्की र गल्स पार्वर टीम लम्कीको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शुक्रबार समापन गरिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ भल्कामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
घरबाटै सुरु गरौं महिला हिंसा अन्त्य गरौं भन्ने नाराका साथ ३० औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो । युथ लिर्डरसीप कर्नरका अध्यक्ष कृष्ण बटाला , सचिव तिलक प्रसाद गड्तौला लगायत गल्स पावर टिमका किशोरीहरूको सहभागीता रहेको थियो ।
बालबालिका र महिला माथि हुने शारीरिक हिंसा , यौनिक हिंसा र विभिन्न हिंसा हुने गरेकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्ने युथ लिर्डरसीप कर्नरका अध्यक्ष बटालाले बताए । १६ दिने अभियानमा युथ लिर्डर सीप कर्नरले सचेतना मुलक विभिन्न कार्यक्रम आयोजना गरेको थियो



