Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बर्दगोरियाको कोटातुल्सीपुरमा सम्पन्न

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बर्दगोरियाको कोटातुल्सीपुरमा सम्पन्न

  • समाचार
  • मंसिर २४, २०७८ शुक्रवार २१:१६ बजे
  • 1.2K
    SHARES
  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बर्दगोरियाको कोटातुल्सीपुरमा सम्पन्न

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बर्दगोरिया गाउँपालिका वडा नं ६ कोटातुल्सीपुरमा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मुडा कैलालीको आयोजनामा सम्पन्न भएको हो ।                              कार्यक्रममा किशोरी कचहरी कार्यक्रम भएको थियो भने विभिन्न विद्यालयका छात्राले किशोरीहरूमा हुने समस्याका बारेमा प्रश्न गरेका थिए ।        20211210_211323.jpg                                                   उक्त प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा र उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक भगवती डगौरा र सम्बन्धित सरोकारवालाले दिएका थिए । किशोरीहरूले विद्यालयमा पढ्ने वातावरण कसरी बनाउन सकिन्छ , लैंगिक हिंसा अन्त्यका लागि गाउँपालिकाले गरेका कामका विषयमा प्रश्न उठाएका थिए । उक्त प्रश्नको जवाफ सरोकारवालाले दिएका थिए । गुड नेवर्स इन्टरनेशनल , बाल कल्याण संघ , दलित अधिकार मञ्च दिगो तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र नेपाल , दिगो विकास समाज कैलाली लगायतका विभिन्न संस्थाले आर्थिक सहयोग गरेका थिए ।                                                  20211210_211827.jpg    कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका विभिन्न विद्यालयका छात्रा तथा महिलाहरूको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले लैंगिक हिंसा अन्त्य गर्न सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका थिए । लैंगिक हिंसा अन्त्यका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images