गुणस्तरीय शिक्षाको लागि विद्यालयमा सुशासन , जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन भन्ने नारा सहित सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन कैलालीको लम्कीचुहा ३ कर्णाली चिसापानीमा सम्पन्न भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा भएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष प्रेमराज भाटको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा रहनु भएको थियो । विशिष्ट अतिथिमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव देवी खड्का रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै सभामुख थापाले विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न आफैबाट सिर्जनात्मक कार्यको थालनी गर्नुपर्ने बताउनुभयो । शैक्षिक क्षेत्रको सुधारको लागि सानातिना कुरामा अल्झिन नहुने भन्दै आफ्नो विद्यालय राम्रो बनाउन नेतृत्वले योजना अघि सार्नुपर्ने बताए । विद्यालय क्षेत्र अगाडि बढाउन मुख्यतः निति आवश्यक रहेको बताउदै सभामुख थापाले कस्तो निति बनाउने भन्ने विषय सम्बन्धित विद्यालय व्यवस्थापन समिति र कर्मचारीको भएको बताए । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभित्र जिल्लाबाट प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका सचिव नेत्र भण्डारीले गर्नु भएको थियो ।



