Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जालपा सामुदायिक वन उपभोक्ता समुहको १४ औं वार्षिक साधारणसभा सम्पन्न

जालपा सामुदायिक वन उपभोक्ता समुहको १४ औं वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • मंसिर २५, २०७८ शनिवार २०:४६ बजे
  • 1.5K
    SHARES
  • जालपा सामुदायिक वन उपभोक्ता समुहको १४ औं वार्षिक साधारणसभा  सम्पन्न

    जालपा सामुदायिक वन उपभोक्ता समुह मोहन्याल गाउँपालिका ७ राजकाँडा गोरेङ्गेको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।                                                     जालापा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मान बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी रहनु भएको थियो । विशिष्ट अतिथिमा बाफर नेपालका अध्यक्ष उज्जिरसिंह सुनार रहेका थिए ।                                             कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्ष एवम् प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधि , समाजसेवी , उपभोक्ताहरूको सहभागीता रहेको थियो । संस्थाले गरेका गतिविधि तथा आर्थिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गरिएको थियो ।                                          कार्यक्रममा बोल्ने वक्ताहरूले हरियो वन , नेपालको धन भएको भन्दै वन संरक्षणको लागि सबै लाग्नुपर्ने बताएका थिए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images