Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जनमोर्चाका जिल्ला उपाध्यक्षले गरे एकिकृत समाजवादीमा प्रवेश

जनमोर्चाका जिल्ला उपाध्यक्षले गरे एकिकृत समाजवादीमा प्रवेश

  • समाचार
  • पौष ३, २०७८ शनिवार २०:५९ बजे
  • 2.7K
    SHARES
  • जनमोर्चाका जिल्ला उपाध्यक्षले गरे एकिकृत समाजवादीमा प्रवेश

    राष्ट्रिय जनमोचा पार्टी परित्याग गरि कैलाली जिल्ला उपाध्यक्ष कृष्ण पुनेबाटीले एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेकाछन् । एकिकृत समाजवादीको शनिबार धनगढीमा भएको जिल्ला भेलामा जनमोचा पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका हुन ।                                                                      लामो समय जनमोर्चामा रहेर सक्रिय राजनीति गर्दै आएका पुनेबाटीले एकिकृत समाजवादीमा प्रवेश गर्नु लाई समाजले अर्थपुर्ण रुपमा हेरेको समाजवादी पार्टीका नेता शिव बिकले बताए । गोदावरी नगरपालिका १२ मा बस्ने पुनेबाटी लोकप्रिय युवा नेता हुन । उनले समाजमा सबैको मन जितेर राजनीति गर्दै आएको स्थानीय कृष्ण बिकले बताए । पुनेबाटीले पार्टी प्रवेश गरेपछि समाजका अरुले पनि पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गर्ने तयारी अवस्थामा रहेको बिकले बताए ।                                                                         एकिकृत समाजवादीका गोदावरी नगरपालिका नगर कमिटी अध्यक्ष टेक बहादुर विकले बौद्धिक व्यक्तित्व जनमोर्चाका जिल्ला उपाध्यक्षले पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेको जानकारी दिए । जिल्ला भेलाले सर्वसम्मत रुपमा जिल्ला कमिटी सदस्यमा पुनेबाटी लाई चयन गरेको उनले बताए ।                                                                     जनमोर्चा परित्याग गरेका कृष्ण पुनेबाटीले जनताको चाहना अनुसार परिवर्तनको पक्षमा उभिने बेला आएको बताए । समयको आवश्यक्ता अनुसार देश र जनताको पक्षमा समाजवादी यात्रामा सक्रिय राजनीति गर्नलाई नयाँ कदम चालेको उनले बताए । जनताको बलिदान बाट प्राप्त शासन व्यवस्था समाप्त हुन लागेको बेला एकिकृत समाजवादी पार्टीले व्यवस्था जोगाएको र संकटको समयमा निमार्ण भएको पार्टीले सबैको मन जित्दै गएको उनी बताउछन् ।

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images