Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्यालको दोस्रो गाउँ अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्यालको दोस्रो गाउँ अधिवेशन सम्पन्न

  • समाचार
  • पौष ४, २०७८ आइतवार ०९:२४ बजे
  • 1.9K
    SHARES
  • नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्यालको दोस्रो गाउँ अधिवेशन सम्पन्न

    कैलालीको मोहन्याल गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्याल गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।                                                        अधिवेशनबाट कलम बहादुर देबकोटाको अध्यक्षतामा नयाँ कार्य समिती गठन गरेको छ । साथै उक्त सम्मेलनबाट उपाध्यक्ष करन सिङ भण्डारी, महिला उपाध्यक्ष बबिता शाह, सचिब प्रेम रावल ,कोषाध्यक्ष पदम प्रसाद देबकोटा, सह सचिब टिकासरा बस्नेत , सदस्य सदानन्द यादब , घनश्याम न्युरे , राम बहादुर बिष्ट , जीवन कठायत , उमेश कुमार घर्ती मगर , धनिराम शर्मा , टेक बहादुर रावल , खकेन्द्र देबकोटा , रमेश शाही , झलक साउद , कोपीला भण्डारी , चन्द्रकला भण्डारी , पदेन सदस्य वीर बहादुर भण्डारी , मदन भण्डारी लगायत कार्य समिति चयन भएको हो ।                                                               कार्यक्रमका प्रमुख अथिति नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्लाका उपाध्यक्ष चक्र बिष्ट रहनु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्याल गाउँ कमिटीका अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा कार्याक्रम सम्पन्न भएको थियो । कार्यक्रम मोहन्याल २ कोल्तडिमा सम्पन्न भएको हो । उपाध्यक्ष हरि प्रशाद देवकोटाको स्वागत मनतब्य संगैे कार्यक्रम सुरु भएको थियो ।                                                                 कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्यालका इन्चार्ज खेमराज कठायत ,वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेकपा एमाले मोहन्याल गाउँ कमिटीका उपाध्यक्ष टिकाराम भण्डारी ,वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउपालिका प्रवक्ता खर प्रसाद अधिकारी ,नेपाल शिक्षक महासंघ मोहन्यालका अध्यक्ष वीर बहादुर भन्डारी ,राष्ट्रिय माध्यमिक विद्यालय मोहन्याल ६ सोल्टाका प्रधानाध्यापक कृष्ण प्रसाद जैसीले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।                                           कार्यक्रमको संचालन सचिव मीन बहादुर चन्दले गर्नु भएको थियो। कार्यक्रममा मोहन्याल गाउपालका विभिन्न सामुदायिक विद्यालयबाट संगठनमा आबद्ध २ सय ७५ जना शिक्षकको उपस्थिति रहेकोे थियो।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images