व्यावसायिक बंगुर पालन सम्बन्धी ३ दिने तालिम कैलालीको लम्कीमा आज आइतबार देखि सुरु भएको छ । निर्धन उत्थान लघुत्ति वित्तिय संस्था लिमिटेडको संयोजन र निर्धन संस्थाको आयोजनामा तालिम सुरु भएको हो । कार्यक्रममा लम्कीचुहा नगरपालिका , जानकी गाउपालिका र बर्दगोरिया गाउंपालिकामा बंगुरपालन गरिरहेका महिला व्यावसायीहरुको सहभागीता रहेको छ ।
व्यावसायी चन्द्रकला सलामी मगरको सभापतित्वमा शुरु भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाइ रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिशरत्न कोनाजु, निर्धन उत्थान बैंकका लम्की शाखा प्रमुख तथा संयोजक उमनाथ तिमिल्सिेना रहनु भएको थियो । कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले महिलाहरुले व्यावसाय गर्छू भनेर समुह बनाएर आएको खण्डमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । कार््यक्रममा बोल्दै संयोजक तिमिल्सेनाले निर्धन संस्थाले महिला दिदी बहिनीहरुलाइ तालिम दिने, सीप सकिाउने, क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउनु यस संस्थाको मुख्य लक्ष्य रहेको बताउनुभयो । तालिममा सहभागी महिलाहरुले व्यावसाय गर्दाका चुनौती, ज्ञानको अभाव र वास्तविक किसानले अनुदान पाउन नसक्नुका विषयमा नगर प्रमुख बजगाई समक्ष तालिममा सहभागि महिलाहरुले आफ्नो धारणा राखेका थिए ।तालिममा ३५ जना महिला उद्यमीहरूको सहभागिता रहेको छ ।



