व्यावसायिक बंगुर पालन सम्बन्धी ३ दिने तालिम कैलालीको लम्कीमा आज सम्पन्न भएको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको संयोजन र निर्धन संस्था नक्साल काठमाडौंको आयोजनामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका , जानकी गाउपालिका र बर्दगोरिया गाउंपालिकामा बंगुरपालन गरिरहेका महिला व्यावसायीहरुको सहभागीता रहेको थियो । व्यावसायी लक्ष्मी पुनको सभापतित्वमा समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि निर्धन संस्थाका कार्यकारी अधिकृत जनार्दन देव पन्त रहनु भएको थियो । कार्यक्रममा अतिथिमा संस्थाका कार्यक्रम अधिकृत मनिशरत्न कोनाजु , लम्कीचुहा पशु सेवा विभाग प्रमुख गेहेन्द्र बहादुर हमाल र निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाका लम्की शाखा प्रमुख उमनाथ तिमिल्सेना रहनु भएको थियो । पौष ११ गतेदेखि पौष १३ गतेसम्म सञ्चालन भएको व्यावसायि बंगुर पालन तालिममा ३५ जना महिला व्यावसायिको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत पन्तले गरिबीबाट माथि उम्किनलाई बंगुर पालन व्यावसायि राम्रो व्यावसाय भएको बताउनुभयो । बंगुरपालन व्यावसायिलाई क्रमिक रुपमा बढाउदै लिने हो भने आम्दानी समेत बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै तिमिल्सेनाले निर्धन संस्थाले महिला दिदी बहिनीहरुलाइ तालिम दिने, सीप सिकाउने, क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउनु यस संस्थाको मुख्य लक्ष्य रहेको बताउनुभयो । लम्कीचुहा नगरपालिका पशु सेवा विभाग प्रमुख हमालले बंगुर पालन व्यावसाय गरिराखेको भएपनि पुरानो शैलीमा गरिरहेकाले कसरी सुधारात्मक शैली अपनाउन सकिन्छ भन्ने विषयमा तालिममा विशेष जोड दिएको बताउनुभयो । तालिममा सहभागी महिलाहरुले बंगुर पालन गर्दा कसरी अझै व्यवस्थापन गरेर पालन गर्न सकिन्छ भन्ने विषयमा ३ दिने तालिममा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । तालिममा सहभागी व्यावसायी महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।




