Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन विपन्न वर्गलाई समेट्ने नगर प्रमुख बजगाईको भनाइ

स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन विपन्न वर्गलाई समेट्ने नगर प्रमुख बजगाईको भनाइ

  • समाचार
  • पौष १५, २०७८ बिहिवार ०७:१७ बजे
  • 1.2K
    SHARES
  • स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन विपन्न वर्गलाई समेट्ने नगर प्रमुख बजगाईको भनाइ

    स्वास्थ्य बीमा कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण कार्यक्रम लम्कीचुहा नगरपालिकामा बुधबार सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य बीमा शाखा भल्का कैलालीको आयोजनामा सम्पन्न भएको हो ।        20211230_071525.jpg                                                                 स्वास्थ्य बीमा कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्कीचुहा नगरपालिका स्वास्थ्य बीमा कार्यक्रमलाई सबै नागरिक समक्ष पुगाउन लम्कीचुहा नगरपालिका निरन्तर लागिरहेको बताएका छन् । लम्कीचुहा अस्पताल स्थापना गरेकै समयदेखि नै स्वास्थ्य बिमा लागू गरेकोले अहिलेसम्म २३ हजार नागरिकले अस्पतालबाट प्रत्यक्ष सेवा लिएका र जसमा १९ हजारले स्वास्थ्य बिमा मार्फत सेवा लिन सफल भएको बताउनुभयो । नगर प्रमुख बजगाईले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन अबको लक्ष्य भनेको विपन्न वर्ग समक्ष कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गरेको समेत बताउनुभयो ।                                                  कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी उप प्रमुख टीका थापाले लम्कीचुहा नगरपालिकाले कैलालीमा स्वास्थ्य बिमा सबैभन्दा पहिले लागू गरेको बताउनुभयो । स्वास्थ्य बीमा गरेपछि उपचारमा समस्या हुने गरेको र यसलाई सहज बनाउन बीमा समितिले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।                                            कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड सुदुरपश्चिम प्रदेश संयोजक जनक बहादुर साउदले स्वास्थ्य बिमा गर्नुका फाइदा , कसरी सेवा लिने र कस्ता रोगहरू लाग्दा कसरी सेवा लिन सकिन्छ भन्ने विषयमा आफ्नो विषयमा सहभागी माझ प्रष्ट गर्नु भएको थियो । स्वास्थ्य बिमा सामाजिक साझेदारीमा आधारित कार्यक्रम भएको र सामाजिक सुरक्षाको कार्यक्रम भएको समेत संयोजक साउदले बताएका थिए ।      20211230_071544.jpg                           कार्यक्रममा सहभागीहरूले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ , समाज सबै ठाउँमा पुग्नुपर्ने बताएका छन् । कार्यक्रममा लम्कीचुहाका जनप्रतिनिधि , सामाजिक अगुवा , सञ्चारकर्मी , स्वास्थ्यसँग आबद्ध व्यक्तित्वहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण प्रेमबहादुर विकले गर्नु भएको थियो ।20211230_071514.jpg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images