Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सेवक नेपालको आयोजनामा लम्कीमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

सेवक नेपालको आयोजनामा लम्कीमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

  • समाचार
  • पौष १५, २०७८ बिहिवार १९:०९ बजे
  • 1.4K
    SHARES
  • सेवक नेपालको आयोजनामा लम्कीमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

    कैलाली जिल्लाको लम्कीमा बिहीबार (आज ) सेवक नेपाल कैलालीले सामाजिक लेखा परिक्षण कार्यक्रमको आयोजना गरेको छ । सेवक नेपाल कैलालीको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।                                                  गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीद्वारा सन २०२१ मा कैलाली सामुदायिक विकास परियोजना मार्फत कैलाली जिल्लामा संचालित कार्यक्रमको लक्ष्य तथा उपलब्धिका साथै खर्च रकमका विषयमा जानकारी दिने उदेश्यले सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका जिल्ला संयोजक तेजप्रसाद शर्माले जानकारी दिनुभएको छ ।                         सेवक नेपाल कैलालीका अध्यक्ष पवन भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहनु भएको थियो । कार्यक्रममा सेवक नेपाल कैलालीका लघु उद्दम विकास अधिकृत दुर्गाप्रसाद ढुंगानाले परियोजना द्वारा संचालित जिविकोपार्जन कार्यक्रम , बाल अधिकार शिक्षा कार्यक्रम , खानेपानी सरसफाइ कार्यक्रम तथा बाल स्पोन्सरसिप कार्यक्रमका गतिविधिका बारेमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।                                                                     कैलाली सामुदायिक विकास परियोजना मार्फत सन् २०२१ मा कैलाली जिल्लाको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी र बर्दगोरिया गाउँपालिकामा परियोजनाले १ करोड ८२ लाख बराबरको बजेट खर्च भएको सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेम कुमार चौधरीले जानकारी दिनुभएको छ ।                                                       कार्यक्रममा सहभागीहरुले कार्यक्रमको प्रभावकारिता, दिगोपना, पारदर्शीता, सुशासन, सामग्रीको उपलब्धता र सामाग्रीको गुणस्तरका विषयमा जिज्ञासा राखेका थिए । गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका जिल्ला संयोजक तेजप्रसाद शर्माले स्वागत तथा कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने, मोहन्याल मावि बास्कोटी बर्दगोरियाका प्रधानाध्यापक चन्द्रीका जोशी, असल सृजना कृषि सहकारी संस्था लम्कीका अध्यक्ष कृष्णा घर्ती लगायतकाले आ- आफ्नो सुझाव सहितको धारणा राख्नुभएको थियो ।                                             करिब ४० जनाको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार, बाल अधिकारकर्मी एवं नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।


    कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images