एकेन्द्र बडुुवाल स्मृतिकप प्रथम ब्याडमिन्टन प्रतियोगिता २०७८ शनिबार कैलालीको लम्कीमा सम्पन्न भएको छ । स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानको आयोजना तथा लम्कीचुहा व्याडमिन्टन क्लबको संयोजनमा भएको प्रतियोगिता पौष १५ गतेदेखि भुरुवा स्थित कभर्डहलमा सञ्चालन भएको थियो । प्रतियोगितामा देशका बिभिन्न ठाउँका ५१ टीमले प्रतिस्पर्धा गरेका खेल संयोजक लब बहादुुर शाहीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुन सफल नेपागञ्जका ईर्फान अन्सारी र सुदिप सेढाईले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र , द्वितीय हुन सफल सुर्खेतका नरेन्द्र बम र शिव थापाले २५ हजार ५ सय ५५ रुपैया ट्रफी र प्रमाणपत्र तृतिय हुने बुटवलका खेलाडीहरूलाई १० हजार र तृतिय दोस्रो स्थान धनगढीका खेलाडीहरूलाई ७ हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर थापाले खेल स्वाथ्यका लागि तथा अनुशासन कायम गर्न तथा यस्ता किसिमका कार्यक्रमले युवाहरुलाई सकारात्मक बाटोमा डो¥याउन मदत पुग्ने बताउनुभयो । राष्ट्र चिनाउन र व्यक्तिको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । कार्यक्रमका सभापति एवम् स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र बडुवालले खेल प्रतियोगितामा आफन्त, शुभचिन्तक, विभिन्न संघसंस्थाहरूले सबैले सहयोग गरेको सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । विशिष्ट अतिथिमा मोहन्याल गाउँ पालिका वडा नं ७ का अध्यक्ष खर प्रसाद अधिकारीले यस्ता कार्यक्रममा मोहन्याल गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रथम हुन सफल खेलाडी अन्सारी र सुदिप सेढाइले यस्ता किसिमका कार्यक्रमको आयोजनाले खेलाडीको मनोबल अँझ उच्च हुने भन्दै कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लम्कीचुहाका नगर सभापति इन्द्र कुँवर , राप्रपाका नगर अध्यक्ष जगत भण्डारी लगायत राजनीतिक दलका प्रतिनिधि , समाजसेवीहरूको सहभागीता रहेको थियो । वि.सं.२०५९ सालमा सशस्त्र द्वन्द्वका समयमा एकेन्द्र बडुवालको मृत्यु भएको थियो । लम्कीचुहा व्याडमिन्टन क्लब लम्की कैलालीको संयोजन गरेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाहरूले सहयोग गरेका थिए ।



