Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पत्रकार तथा मानवअधिकारकर्मी विक ओलानीमा सम्मानित

पत्रकार तथा मानवअधिकारकर्मी विक ओलानीमा सम्मानित

  • समाचार
  • पौष २०, २०७८ मंगलवार १७:२३ बजे
  • 1.4K
    SHARES
  • पत्रकार तथा मानवअधिकारकर्मी विक ओलानीमा सम्मानित

    कैलालीका लम्की क्षेत्रबाट विगत लामो समय देखि सक्रिय पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनराज विक अविरल नगद पुरस्कार सहित सम्मानित भएकाछन् । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभामा शुक्रबार गोदावरी नगरपालिकाको ओलानीमा सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले फुलमाला दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।      received_984435315749441.jpeg                                                                  लम्कीबाट प्रकाशित हुने कैलाली पोष्ट राष्ट्रिय दैनिकका अतिथि सम्पादक, अनुमोदन राष्ट्रिय दैनिकका संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिब धनराज विक अविरलले सामाजिक विषयको उठान गरि परिवर्तनको पक्षमा निरन्तर कलम चलाउदै आएकोले सम्मान गरेको सहकारीका अध्यक्ष कृष्ण विकले बताए । द्धन्दको समय देखि मानव अधिकारको क्षेत्रमा हालसम्म काम गर्दै आउनु भएका विकको समाज परिवर्तनमा अतुलनीय योगदान रहेको विक बताउछन् ।                  received_637716097470873.jpeg खोज पत्रकार विकको समाचारले धेरैले नयाँ जीवन पाएकाछन् । सामाजिक सवालको उठान गर्दै पत्रकारिता मार्फत अधिकारको खोजी गर्न समाचारले उत्पे्ररणा दिएको छ । अवरिलको समाचार लेखनको प्रशंसा गर्दै अध्यक्ष विकले भने –“पत्रकार विकको समाचार लेखनले समाजमा न्याय गरेको छ । गरिबीका कारण औषधी उपचारको समस्यामा रहेकाहरुले समाचारकै प्रभावका कारण उपचार गर्न पाएकाछन् । मानवीय चेनताको सन्देश र सामाजिक रुपान्तरणमा पत्रकारिता र मानव अधिकारकर्मीको भूमिकाबाट उल्लेखनीय योगदान दिई सम्मान योग्य भएकाले नगद पुरस्कार सहित सम्मान गरिएको हो ।”                          received_1388911598210435.jpegसुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि दिर्घ बहादुर सोडारीले सम्मानित विकको समाचार लेखन र सामाजिक योगदानको बारेमा प्रशंसा गरेका थिए । सम्मानित भएका विक २०६१ सालदेखि पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा दैनिक, टीकापुर दैनिकमा समेत काम गरेका विकले सामुदायिक रेडियो टीकापुरको एफएमको स्थापना कालदेखि नै काम गर्दै आएको बलप्रसाद न्यौपानेले बताए । उनले तत्कालीन समयमा जातीय छुवाछुतका विरुद्ध संचालन गरेको रेडियो कार्यक्रम समानताका स्वरहरुको अहिलेसम्म पनि समाजमा प्रभाव रहेको न्यौपाने बताउछन् । लम्की खबरका अतिथि सम्पादक समेत रहेका विकले लम्कीचुहाको बलियामा रहेको जनता एफएम संचालनमा समेत सहयोग गरेकाछन् ।                                                                       एकीकृत समाजवादीका युवानेता कृष्ण पुनेबाटीले जनप्रिय पत्रकार, साहित्यकार तथा मानवअधिकारकर्मी विकले समाजमा सम्मानित हुनेगरि काम गर्दै आउनु भएको बताए । बहुप्रतिभा भएका विक जताततै सम्मानित भएको देखेपछि उहाँको बारेमा गहन अध्ययन भएको थियो । उत्पीडित समुदायको व्यक्तिले सबैको मनजित्ने गरि सामाजिक परिवर्तनको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएकाले गर्व महसुस गरि सम्मान गरेको उनले बताए । विक समुदायको सम्पत्ती भएकोले यसको संरक्षण र प्रवद्धन गर्न आवश्यक रहेकोमा पुनेबाटीले जोड दिए ।                                                          कैलाली जिल्लामा मनोसामाजिक समस्यामा मनोपरामर्श सेवा प्रदान गरि चर्चित मनोसामाजिक परामर्शकर्ताको पहिचान बनाउन सफल भएको भन्दै सम्मान कार्यक्रममा विकको चर्चा गरिएको थियो । विकले विगत ८ बर्षदेखि कैलाली जिल्लामा मनोसामाजिक परामर्शकर्ताको भूमिकामा सक्रिय रहेर योगदान दिदै आएको शिक्षक गणेश विकले बताए । सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका विकले समाजमा सम्मानित हुनेगरि नै राम्रो काम गर्दै आएको शिक्षक रोशन बोहरा बताउछन् । उहाँले समाचार लेखेका र परामर्श सेवा दिएका व्यक्तिहरू संग मेरो भेट भएको छ । उनीहरुले भनेकाछन् – “तँपाई सँग भेट नभएको भए म मरि सेकेको हुने थिए । यो मेरो उपहारको जीवन हो । मेरो जीवनमा भगवान बनेर मलाई बचाउनु भयो ।”                                                     यसरी मानिसको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने गरि गरिएकै कामको प्रतिफल स्वरुप विक सम्मानित हुँदै आएको उनी बताउछन् । सम्मानित भएका विकले समाजले सम्मान गरेर थप काँधमा जिम्मेवारी थपिएको बताए । समुदायले माया गरेर मलाई गरेको सम्मान जस्तोसुकै अवस्थामा पनि खेर जान दिनेछैन । सामाजिक काममा निरन्तर लागि पर्ने भन्दै सम्मान गर्ने सहकारीको विकासमा सधै सहयोग गर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # #kpoli

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images