Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • पौष २६, २०७८ सोमवार १८:०१ बजे
  • 1.6K
    SHARES
  • अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

    कैलालीको लम्कीमा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद धमालाको सभापतित्वमा भएको साधारणसभाका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई रहनु भएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य शिवा थापा र नेफस्कुनका सञ्चालक माधव जोशी रहनु भएको थियो ।        Screenshot_20220110-180926_Gallery.jpg                                                  सहकारीका संस्थाका उपाध्यक्ष जयन्द्र प्रसाद जैशीको स्वागत मन्तव्यले स्वागत गर्नु भएको कार्यक्रममा किसान बहुउदेश्यीय सहकारी संस्था लम्कीका अध्यक्ष सुरेन्द्र कुमार शाह, बचत तथा ऋण सहकारी संघका जिल्ला प्रतिनिधि दिपक बडुवाल, पिपुल्स सहकारीका प्रबन्धक चन्द्रकान्त खनाल लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो ।    FB_IMG_1641817423607.jpg                                          सहकारीले साधारण सभाको अबसरमा संस्थामा बार्षिक रुपमा उत्कृष्ट कारोबार गर्ने ऋणि, नियमित बचतकर्ता, कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर पास हुने २ जना शेयर सदस्यका सन्ततिलाई छात्रबृति सहित सम्मान र निधनभएका शेयर सदस्यका परिवारलाई राहत वाफत ५/५ हजारका दरले सहयोग र बौनियाका क्यान्सर पिडित देवानन्द खतिवडालाई उपचार खर्च वाफत ५ हजार नगद समेत सहयोग समेत गरिएको छ ।                                                                सहकारीले आजै देखि शेयर सदस्य र सेवाग्रहीका लागि अन्पूर्ण स्मार्ट मोबाईल बैकिङ्ग सेवाको समेत शुभारम्भ गरेको छ । अन्नपूर्णका शेयर तथा बचतकर्ताले आफुले गरेको कारोवार र आफ्नो खातामा रहेको पैसाको समेत मोबाईल बाटै जानकारी लिन सकिने गरी मोबाईल बैकिैङ्ग, व्यालेन्स , ईन्कावारी सेवा, मिनि स्मार्ट, रकम ट्रान्सफर, खानेपानी, डिसहोम , टेलिफोनको बिलभुक्तानी सेवा, आईएमई, इसेवा, खल्ती सेवा सुचारुका साथै विदेशका जुनसुकै ठाउँबाट पैसा पठाउन सकिने सेवा समेत सुरु गरेको छ ।                                                                             अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा २७ लाख खुद मुनाफा गरेको छ । सहकारी संस्थाले आज सोमबार लम्कीमा आयोजना गरेको ११ औं बार्षिक साधारण सभामा आफ्नो बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गदै १० करोड बराबरको कारोबार भएको समेत संस्थाका प्रबन्धक नवराज न्यौपानेले बताउनु भयो ।                                                                     कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाईले सहकारी र स्थानिय सरकारले सहकार्य गरेर अगाडी बढनु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख बजगाईले कृर्षि कार्य तथा नगर क्षेत्र अन्तर्गतका किसानहरुले कृर्षि उद्यमशिलहरुका लागि लम्कीचुहा नगरपालिका र अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था एवम् लम्की क्षेत्रमा रहेका अन्य सहकारी संगको सहकार्यमा अनुदान दिने सहमति समेत भएको बताउनु भयो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images