Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगको माग

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगको माग

  • समाचार
  • पौष ३०, २०७८ शुक्रवार १६:४५ बजे
  • 1.3K
    SHARES
  • स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगको  माग

    निर्वाचन आयोगले माघको पहिलो साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्ने बताएको छ। शुक्रबार आयोगमा आयोजित राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।                                 स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गतेबाट सकिँदैछ। त्यसका लागि दुई महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर बैशाख १४ मा एकै चरण वा बैशाख १४ र २२ मा चुनाव गर्न प्रस्ताव गरेको छ। सरकारले यस विषयमा कुनै निर्णय गरिसकेको छैन। तयारीका लागि समय अपुग हुने भएकाले आयोगले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेको हो।                                                छलफल माघ १२ गतेहुने राष्ट्रियसभा सदस्य निर्वाचन र मतदाता नामावली संकलनका बारेमा पनि कुराकानी भएको कांग्रेस नेता रमेश लेखकले बताए।उनका अनुसार कोरोना महामारीका कारण राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र बढाउन आयोगलाई सुझाव दिइएको छ।                                              एमाले उपमहासचिव विष्णु रिजालले आफूहरुले स्थानीय तहको चुनाव घोषणा गर्नुपर्नेमा जोड दिएको बताए। सरकारले चुनाव टार्न खोजेको भन्दै उनले आयोगलाई तयारीका लागि समय चाहिने भएकाले मिति घोषणा गर्न माग गरे।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images