सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको आज आइतबार बिदाइ भएको छ। सरुवा भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा कार्यरत गौतमको एक कार्यक्रमका साथ बिदाइ भएको हो। प्रहरी प्रधान कार्यालयले केही दिनअघि उहाँको सरुवा गरेको थियो। गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ। गौतमको ठाउँमा अब प्रविण धिताल आउने भएका छन्। धिताल यसअघि नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत थिए। बिदा हुँदै गौतमले सुदूरपश्चिमवासीलाइ आभार प्रकट गरेका छन्। उहाँले सामाजिक सन्जालमार्फत आभार प्रकट गरेका हुन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीमा बिगत १७ महिनाको बसाईमा ट्राफिक प्रमुख गौतमले कुशल नेतृत्व,ट्राफिक जनशक्ती ब्यवस्थापन,दुर्घटना न्युनिकरण,स्थानियतह संगको समन्वय,ट्राफिक जनचेतनामुलक कार्यक्रमहरुको आयोजना,चालक तथा सह-चालकहरु लाई सम्मान कार्यक्रम,रिफ्रेश सेन्टर स्थापना लगायतका ट्राफिक ब्वस्थापनमा आवश्यक अन्य उल्लेखनिय कामहरु थालनी गर्नु भएको हो ।



