राष्ट्रिय गोजुरियो कराँते दोःसंघ नेपाल शाखा डोजो लम्कीचुहा नगरपालिका लम्कीमा आज सोमबार ७५ जना खेलाडीहरूको बेल्टेस अप ग्रेडिङ्ग भएको छ । लम्की शाखाका अध्यक्ष मिन बहादुर बटालाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खेलकुदका प्रशिक्षक कमल ओली र अर्जुन थापाको रोहवरमा भएको कार्यक्रम प्रशिक्षक रमेश साउदले संचालन गरेका थिए ।



