नेपाल तरुण दलका प्रथम सहिद स्व। लोकराज ढकालको २३ औं स्मृति दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम कैलालीको लम्कीमा मंगलबार सम्पन्न भएको छ ।
विपी कोइराला युवा नेतृत्व विकास मञ्च कैलालीको आयोजनामा भएको दिप प्रज्वलनमा कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू , नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिका पदाधिकारी , लम्कीचुहा नगर कार्य समिति , वडा कार्य समिति , क्षेत्रीय प्रतिनिधिहरू , नेविसंघ , तरुण दल लगायत नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।
वि।सं २०२४ जेठ १६ गते जन्मिनु भएका ढकालको मृत्यु वि।सं २०५५ माघ ४ गते कैलालीको साविक बलिया गाविस वडा नं ४ कोवापुर आफ्नो निजी निवासमा रहेको अवस्थामा तत्कालीन माओवादीले हत्या गरेको थियो ।
नेपाली कांग्रेसको विचारमा आवद्ध भइ लोकतान्त्रिक समाज निर्माण कार्यमा लागेको भन्दै माओवादीले तत्कालीन नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्य लोकराज ढकाल घरमा सुतिरहेको अवस्थामा साविक बलिया गाविस वडा नं ४ निजी निवास कौवापुरमा हत्या गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता कमल बहादुर शाहले स्वर्गीय ढकाल आफ्नो एकदमै मिल्ने मित्र भएको र लोकतन्त्र प्राप्तिमा उहाँको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । शाहले हिजोका दिनहरूमा लोकराज ढकालले लोकतान्त्रिक विचार धारणा राखेका कारण हत्या गरिनु र अहिलेको अवस्थामा ढकालको विचार अनुसरण गर्नु समग्र ढकाल र ढकाल जस्तै सहिद भएकाहरूको जित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का क्षेत्रीय सभापति विष्णु प्रसाद ढकालले स्वर्गीय ढकाल विद्यार्थी राजनीति हुँदै तरुणदलमा राजनीति गर्दैगर्दा आफ्नो राम्रो छवि निर्माण गर्न सफल व्यक्तित्व भएको बताउदै स्वर्गीय ढकाल एकदमै मिलनसार , साहसिक व्यक्तित्व भएको बताएका छन् ।क्षेत्रीय सभापति ढकालले स्वर्गीय लोकराज ढकालबाट अहिलेका सम्पूर्ण युवाहरूले राजनीति प्रेरणा सिक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का निर्वतमान क्षेत्रीय सभापति भक्त बहादुर थापाले स्वर्गीय ढकाल एकदमै होनहार , लोकतान्त्रिक समाज निर्माण र नेपाली कांग्रेस पार्टीको अग्रस्थानमा रहेर काम गरेको स्मरण गर्नुभयो । स्वर्गीय ढकालको योगदान लोकतन्त्र प्राप्तिमा महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता खडानन्द सापकोटाले स्वर्गीय ढकालले नेपाली कांग्रेसमा आस्था राखेकै कारण माओवादीले विभत्स हत्या गरिनु निन्दनीय भएको बताउनुभयो । लोकराज ढकाल निडर र साहसिक व्यक्तित्व भएको समेत बताए ।



