Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एकता नगर शिविर नमुना अध्ययन गृहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

एकता नगर शिविर नमुना अध्ययन गृहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • माघ २७, २०७८ बिहिवार १९:१९ बजे
  • 1.2K
    SHARES
  • एकता नगर शिविर नमुना अध्ययन गृहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ ,  पुर्व लम्की स्थित एकता नगर शिविरमा नमुना अध्ययन गृहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । युवा समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता टेकराज कठायतको सहयोगमा शैक्षिक सामग्री कापी , पेन्सिल आज बिहीबार वितरण गरिएको छ ।

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता देवानन्द जैसी, कांग्रेस नेता खडानन्द सापकोटा,जनक शाह, टेक नाम्जाली मगर ,केशव बजगाई, वडा सभापति प्रयागराज खनाल, लक्ष्मीकान्त जैसी , धिरज सज्याल, रविन्द्र शाही लगायतको उपस्थितिमा उक्त नमुना अध्ययन गृहमा  करिब ४० जना अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । यस एकतानगर सिविरका विपन्न वर्गका बालबालिका लागि यसले केहि टेवा पुग्ने कठायतले बताउनुभयो ।  

    साना नानीवावुहरुको अध्ययनमा सधै सक्रिय शिक्षिका सुधामा चौधरीको सक्रियतालाई समेत धन्यवाद प्रकट गरेका छन् । 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images