नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नं १ ले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको "संगठन सुदृढीकरण , कार्यालय व्यवस्थापन र स्थानीय निर्वाचन" बिषयक अन्तक्रिर्या कार्यक्रम कैलालीको लम्कीमा शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा नं १ सभापति प्रयागराज खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा निवर्तमान क्षेत्रीय सभापति भक्त बहादुर थापा रहनु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि , पुर्व महाधिवेशन प्रतिनिधि , जिल्ला सल्लाहकार सदस्य , क्षेत्रीय प्रतिनिधि , वडा कार्य समितिका पदाधिकारी , क्रियाशील सदस्यहरूको सहभागीता रहेको थियो । नेपाली कांग्रेसका वडा सभापति प्रयागराज खनालले संगठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ , कार्यालय व्यवस्थापन कसरी गर्न सकिन्छ र स्थानीय तहको निर्वाचनमा क्रियाशील सदस्यहरूको भुमिकाका विषयमा आ-आफ्नो धारणा राख्न अनुरोध गर्नु भएको थियो भने कार्यक्रम बोल्ने क्रियाशीलहरू सदस्यहरूले संगठन सुदृढीकरण , कार्यालय व्यवस्थापन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा सल्लाह , सुझाव तथा धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भक्त बहादुर थापाले राष्ट्र , राष्ट्रियता र लोकतन्त्रको मुल्य मान्यतालाई आत्मसात गरेर इमानदारीताका सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । पार्टीको संगठनलाई थप प्रभावकारी बनाउन टोल कार्य समिति गठनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । वडा सभापति प्रयागराज खनालले सल्लाह , सुझाव र धारणाहरूलाई समेटेर अगाडि बढ्ने र आगामी दिनहरूमा थप गतिविधि अगाडि बढाउने बताउनभयो ।



