Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

किशोरीहरूको आत्मरक्षा सम्बन्धी ३ दिने तालिम लम्कीमा सम्पन्न

किशोरीहरूको आत्मरक्षा सम्बन्धी ३ दिने तालिम लम्कीमा सम्पन्न

  • समाचार
  • माघ २९, २०७८ शनिवार १८:०३ बजे
  • 2.0K
    SHARES
  • किशोरीहरूको आत्मरक्षा सम्बन्धी ३ दिने तालिम लम्कीमा सम्पन्न

    दलित महिला अधिकार मञ्चद्वारा सञ्चालित किशोरी सशक्तीकरण परियोजना अन्तर्गत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम कैलालीको लम्कीमा शनिबार सम्पन्न भएको छ । किशोरीहरूको आत्मरक्षाका लागि लम्कीचुहा नगरपालिका स्थित लम्की जेसिज हलमा ३ दिने तालिम सम्पन्न भएको हो ।                                                              महिला हिंसा विरुद्धको अभियान प्रहारका प्रमुख प्रशिक्षक प्रकाश चन्दले सहजीकरण गर्नु भएको तालिममा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका गरी ३० जना किशोरीहरूको सहभागिता रहेको थियो ।                                                                   कार्यक्रम संयोजक भगवती चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टिका थापा रहनु भएको थियोे । अतिथिमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागीता रहेको थियो ।                          IMG-20220212-WA0008.jpg  कार्यक्रममा बोल्दै उपप्रमुख टीका थापाले यस्ता किसिमका तालिमले किशोरीहरूमा आत्मरक्षामा सहयोग पुग्ने बताउनुभयो ।                IMG-20220212-WA0004.jpg                                तालिमबाट किशोर किशोरीहरूले आफ्नो क्षमताको पहिचान गरी आत्मबल, आत्मविश्वास बढाएको आयोजकको विश्वास रहेको छ । आफूमा घट्न सक्ने हिंसा विरुद्ध आवाज उठाइ प्रश्न गर्न सक्छु भन्ने भावनाको विकास गराउँदै आफू सक्षम बन्ने प्रेरणा दिन र समाजमा हरेक हिंसाको अन्त्य गरी सक्षम बन्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।                                                 उक्त तालिम अवधिभर किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी जानकारी, आफू माथि हुने विभिन्न खालका हिंसा विरुद्ध आवाज उठाउन आत्मविश्वास बढाउन तथा आत्मरक्षाका केही महत्त्वपूर्ण सिप सिकाउने उद्देश्यले ३ दिन तालिम आयोजना गरि सम्पन्न गरिएको दलित महिला अधिकार मञ्चकी किशोरी सशक्तीकरण कार्यक्रम संयोजक भगवती चौधरीले जानकारी दिइन् ।


    कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images