Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सांसद साउँदलाई जनताले गरे स्वागत, एकैदिन विभिन्न ५ कार्यक्रममा सहभागी

सांसद साउँदलाई जनताले गरे स्वागत, एकैदिन विभिन्न ५ कार्यक्रममा सहभागी

  • Uncategorized
  • फाल्गुण ३, २०७८ मंगलवार १५:२९ बजे
  • 1.6K
    SHARES
  • सांसद साउँदलाई जनताले गरे स्वागत, एकैदिन विभिन्न ५ कार्यक्रममा सहभागी
    • कर्णाली भ्यूज

     सुदूरपश्चिम प्रदेश सांसद नन्द बहादुर साउँद राजेन्दले लम्कीचुहा ६ चैनपुरमा घरमै भेटेर स्थानीय हर्क बुढाको परिवारलाई समवेदना व्यक्त गरेका छन् । बुवाको निधनका कारण शोकमा डुबेको बुढाको परिवारलाई फलफुल लिएर समवेदना व्यक्त गरेकाहुन् । चिसोेका कारण आगो तापेर बसेका शोकाकुल परिवारलाई सांसदले सुरुमा नमस्कार गरे । मृतकप्रति श्रद्धाञ्जली दिएर शोकमा रहेको परिवारलाई समवेदना प्रकट गरे । परिवारका सदस्य सबै किरियामा बसेको देखेपछि स्थानीय नेकपा माओवादी केन्द्र पार्टीका कायकर्ता र छिमेकीलाई सहयोग गर्नु भन्दै दुखःमा सहयोग गर्नु मानविय काम भएको बताए । । हर्क बुढा हार्दिक भनेर चिनिने माओवादीका पुराना इमानदार कार्यकर्ता हुन । साउँद बुढाको परिवार संग आधा घण्टाजति बसेका थिए । चिसो मौसममा मोटरसाइकलमा सुदूरपश्चिम प्रदेशको राजधानी बाट प्रदेश सांसद नन्द बहादुर साउँद राजेन्द शनिबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ६ चैनपुरमा आइपुगेका थिए । चैनपुर साउँदको निर्वाचन क्षेत्रपनि हो । साउँद कैलालीको क्षेत्र नम्बर २ ख बाट नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित भएका थिए ।                    received_955903868373057.jpeg                                        निर्वाचनमा जनता संग बाचा गरे अनुसार योजना र बजेट बिनियोजन गरेर साउँद यस क्षेत्रमा लोकप्रिय नेता बनेका थिए । घरमा भेट्न पुगेका सांसदलाई जनताले स्वागत तथा सम्मान गरेका थिए । खोलाले आवतजावतको समस्या भएको ठाउँमा कल्भर्ट निमार्ण गर्ने प्रतिवद्धता दिउँसो भएको एक कार्यक्रममा सहभागी सर्प बिकले एकपटक आफ्नो घरमा आउनलाई सांसदलाई अनरोध गरेका थिए । दिनभरि कार्यक्रम र भेटघाटमा ब्यस्त रहदा साँझको करिब ७ बजिसकेको थियो । आउछु भनेर बचन दिएका सांसद घरमै भेट्न गए । घरमा पुगेपछि बिकले सांसदलाई स्वागत गरे । घर नजिकै रहेको खोला सांसद सहित साथमा गएका सबैलाई देखाए । यही खोलाको कारण बर्षौदेखि खेतको आलीमा हिडेको दुःख सुनाए । विकले सम्झाए चुनावको बेला हजुर यही खेतको आलीमा हिडेर नै बुहारी विश्ना बिसी सपनाले पहल गरि जनता जम्मा गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न हजुर आउनु भएको थियो । यही खोलाको कारण चैनपुर र बावनपुरका केही मानिसलाई आवतजावत गर्न सास्ती भएको बताए । जनताको समस्या सरकारले हल नगरि दिए जेब्रोले (डोरीले) पासो लगाएर मर्छु भनेका थिए बिकले । सांसद साउँदले सरकार जनताकै साथमा रहेकोले सरकारले कसैलाई मर्न नदिने बताए । बिकको समस्याको सम्बोधन गदै तकाल कल्भर्ट निमार्णको लागि पहल गर्ने र बिस्तारै व्यवस्थित योजनाको पहल गर्ने बताए । साउँदले भने “समयमै मलाई समस्याको बारेमा जानकारी भएको भए पहिले नै पहल गर्थे । फेरिपनि सहयोगका लागि भूमिका खेल्ने बताए । जनताको घरमा रातीको समयमा भेट्दै साउँद चैनपुरबाट फर्केका थिए । गाउँलेले सांसदको सरल व्यवहारको प्रशंसा गरेका थिए ।                  received_667833834406585.jpeg    निमार्ण भएका भौतिक संरचनाको अनुगमन, काम छिटो समपन्न गर्न निर्देशन सांसद साउँदले आफूले पहल गरेर सरकारबाट ल्याएका योजनाको अनुगमन गरेकाछन् । चैनपुर खेलमैदानमा बन्दै गरेको बहुबर्षिय सभाहल बीचैमा रोकिएको देखेपछि किन काम रोकियो भनेर सोधेका थिए । वास्तविकता बुझ्न शहरी विकास कार्यालय धनगढीका प्रमुखलाई साउँदले बन्न लागेको सभाहलमा उभिएर फोन गरेका थिए । कामको ठेक्का कस्ले लिएको हो ?किन ढिला भयो भन्दै काम छिटो संचालन गर्न निर्देशन दिएका थिए । सांसद साउँदले श्री शम्भु सुनन्दा युवा क्लबको खेलमैदानमा घेरबार, प्याराफिट निमार्ण, सिचाईको लागि बोरिङ र श्री शम्भु सुनन्दा विद्यालयको घेरबार निमार्णको लागि दिएको योजनाको अनुगमन गरेका थिए । केही योजजनामा कामदारले ज्याला नपाएको सांसद संग गुनासो गरेका थिए । साउँदले त्यसको लागि आफूले पहल गर्ने विश्वास दिलाए । विकास निमार्ण र समुदायका समस्याको बारेमा जनताको घरमा छलफल भौतिक संरचनाको अनुगमन गरेपछि सांसद साउँद स्थानीय भरत बिकको घरमा भेट्न गए । सांसद घरमा गएपछि गाउँलेहरु पनि जम्मा भए । नेकपा माओवादी केन्द्रका स्थानीय देखि केन्द्रिय नेतासम्म सांसदको साथमा थिए ।                                                           स्थानीय पार्टीका कार्यकर्ताले सांसदलाई जनताको घरसम्म पुगाउन सहयोग गरेका थिए । भरत बिकको घरमा विकास निमार्णका कामको बारेमा चर्चा भयो । सांसदले खेलेको भूमकाको जनताले प्रशंसा गरे । पहिले भन्दा अहिले विकासका धेरै काम भएको पनि बताए । तर काममा पार्दशिता नभएको गुनासो जनताले सांसदलाई सुनाए । भरत बिकले भने “तपाईले योजना दिएर राम्रो गर्नु भयो तर स्थानीय स्तरमा योजना कार्यन्वयन सही तरिकाले नभएको बताए । बेलाबेला यसरी नै आएर अनुगमन गर्ने हो भने काम सहि तरिकाले हुने बिकले विशवास व्यक्त गरे ।” परिवारका सदस्य सबै किरियामा बसेको देखेपछि स्थानीय नेकपा माओवादी केन्द्रका पार्टीका कायकर्तालाई सामान ओसारपसारमा आवश्यक सहयोग गर्नु भने । हर्क बुढा हार्दिक भनेर चिनिने माओवादीका पुराना इमानदार कार्यकर्ता हुन । साउँद बुढाको परिवार संग आधा घण्टाजति बसेका थिए ।                              received_1118194862277705.jpeg                 सम्मान तथा समुह बचत पासबुक बितरण कार्यक्रममा सहभागी मेलमिलाप एकता समाजले लम्कीचुहा ६ चैनपुरमा शनिबारनै आयोजना गरेको सम्मान तथा समूह पासबुक बितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा साउँदले सम्बोधन गरेका थिए । साउदँले सम्झिए, चैनपुर जनयुद्धको आधार क्षेत्र हो । यस क्षेत्रका जनताले जनयुद्ध सफल पार्न खेलेको भूमिकाको दिल खोलेर प्रशंसा गरे । आफूलाई विजय गराउने जनताको योगदानको कदर गर्न धेरै योजना हालेको र फेरी पनि प्राथमिकतामा राखेर काम गर्ने बताउदै परिवर्तनका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।        received_372183084740342.jpeg                                      आत्मनिर्भर बन्न आयआजर्नको काममा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा धेरै बाजुराका र संगै जनयुद्ध लडेका साथीहरुको उपस्थिति देखेपछि बाजुराको स्याउ बारिमा आफू पुगेको स्मरण गरे । उनले भने “बाजुराको स्याउको प्रचार हुन सकेन जस्का कारण बाजुराको स्याउले बजार पाएन । जुम्लामा नियमित खाने मार्सी धानको कहिल्यै प्रचार भएन । काठमाण्डौंमा नेताहरुले मार्सी धानको भात खाएपछि विश्वमै मार्सी धानको प्रचार भयो ।”                                         कार्यक्रममा सामाजिक परिवर्तनमा निरन्तर लागि परेका पत्रकार तथा मानवअधिकारकर्मी धनराज विक र महिला नेतृ बिष्ना बिसी सपनाको सामाजिक योगदानको समेत सांसदले प्रशंसा गरेका थिए । एक फरक प्रसङ्गमा साउँदले आफू भ्रमित रहेको र बास्तविकता केही बर्षपछि छर्लङ्ग बुझ्दै गएको बताए । तत्कालीन समयमा आफू निकट बताउने साथीहरुले पार्टीप्रति इमानदार नैतिकवान साथीको बारेमा झुटो सुचना दिएको स्मरण गरे । आफूलाई झुटो सुचना दिनेहरुनै समयले गलत प्रमाणित गरेको उनले बताए । देश बचाउनको लागि माओवादीले चुनाव जित्नैपर्ने बताए । चुनाब जित्नको लागि जनताको बीचमा गएर माओवादीले देश र जनताको लागि खेलेको भूमिकाको बारेमा जानकारी गराउनु पर्ने उनले बताए ।received_304823868321731.jpeg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images