युवा समाजसेवी तथा हाम्रो पाठशाला लम्कीका प्रिन्सिपल कृष्ण बटालाले आफ्नो जन्मदिनको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका वडा नं २ टनकपुरमा माओवादी जनयुद्धको क्रममा घाइतेलाई खाद्यान्न तथा कपडा सहयोग गरेर मनाएका छन् । वि.सं २०५६ सालमा माओवादीको जनयुद्धमा सहभागी भएर परिवर्तनका लागि महत्त्वपुर्ण भुमिका निर्वाह गर्नु भएकी शैलजा सार्कीलाई खाद्यान्नमा चामल , दाल , नुन , तेल र कपडामा ब्यालंकेट , डसना , गरि करिब ८ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरि आफ्नो जन्मदिन मनाएका हुन् । आफुलाई सम्झेर यस्तो अवस्थामा सहयोग गरेकोमा युवा समाजसेवी बटालालाई धन्यवाद दिइन् तर आफूजस्ता हजारौंको अवस्था यस्तो हुँदा समेत माओवादीले ध्यान नदिएको आरोप लगाईन् । आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न पाउदा साच्चिकै खुसी लागेको र परिवर्तनका लागि लडेका व्यक्तित्वहरूको उचित सम्मान नभएकोमा दुःख व्यक्त गर्नुभयो । 
जन्मदिनमा पछिल्लो समयमा फजुल खर्च गरेर मनाउने चलन बढिरहेको बेला युवा समाजसेवी बटालाले भने दुखमा परेकालाई सहयोग गरेर मनाएर सकरात्मक सन्देश दिन खोजेका छन। उक्त सहयोग हस्तान्तरणमा युवा समाजसेवी लोकेन्द्र साउँद , युवा समाजसेवी तथा पत्रकार चन्द्रप्रसाद खनाल , पत्रकारहरु रमित पाण्डे , विरेन्द्र शाहको सहभागीता रहेको थियो ।



