Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी चेक रकम घरमै गई हस्तान्तरण

एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी चेक रकम घरमै गई हस्तान्तरण

  • समाचार
  • फाल्गुण ५, २०७८ बिहिवार १९:०६ बजे
  • 1.0K
    SHARES
  • एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी चेक रकम घरमै गई हस्तान्तरण

    एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ६ बाघमारा निवासी स्वर्गीय जम्मानसिंह देउवाको मृत्यु भएपछि बिमा बापत पाउने राहत बापत बीमा लाभ आज बिहीबार घरमा गई एक भव्य कार्यक्रमबीच प्रदान गरेको छ । कैलालीको लम्कीचुहा ६ मा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय देउवाकी पत्नी लक्ष्मी ठकुराठीलाई २० लाख २७ हजार ८ सय ६३ रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरिएको हो ।                               लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले उक्त चेक रकम हस्तान्तरण गर्नु भएको हो । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रबन्धक नवराज खनालको सभापतित्वमा भएको चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो भने अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नेत्र मगर लगायत समाजसेवी , एसियन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा एजेन्सी म्यानेजर , अभिकर्तारूको सहभागीता रहेको थियो ।                                                              स्वर्गीय जम्मानसिंह देउवाले २०७७ / ९ / २९ गते पहिलो किस्ता १ लाख ३४ हजार ८ सय ८९ रुपैयाँको पहिलो किस्ता तिरेर बीमा गर्नु भएको थियो । देउवाको २०७८ /०१ /२३ गते मृत्यु भएको थियो । लम्कीचुहा नगरपालिका वडा नं ६ का वडा सदस्य समेत रहेका देउवाको मृत्यु भएपछि बिमा लाभ प्रदान गरिएको हो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images