नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नं १ ले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको "संगठन सुदृढीकरण , कार्यालय व्यवस्थापन र स्थानीय निर्वाचन" बिषयक अन्तक्रिर्या कार्यक्रम कैलालीको लम्कीमा शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा नं १ सभापति प्रयागराज खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि , पुर्व क्षेत्रीय सभापति , पुर्व महाधिवेशन प्रतिनिधि , जिल्ला सल्लाहकार सदस्य , नगर कार्य समिति सचिव , क्षेत्रीय प्रतिनिधि , वडा कार्य समितिका पदाधिकारी , क्रियाशील सदस्यहरूको सहभागीता रहेको थियो । नेपाली कांग्रेसका वडा सभापति प्रयागराज खनालले संगठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ , आर्थिक व्यवस्थापन , कार्यालय व्यवस्थापन कसरी गर्न सकिन्छ र स्थानीय तहको निर्वाचनमा क्रियाशील सदस्यहरूको भुमिकाका विषयमा आ-आफ्नो धारणा राख्न अनुरोध गर्नु भएको थियो भने कार्यक्रम बोल्ने क्रियाशीलहरू सदस्यहरूले संगठन सुदृढीकरण , कार्यालय व्यवस्थापन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा सल्लाह , सुझाव तथा धारणा राखेका थिए । यस्तै नेपाली कांग्रेस लम्कीचुहा नगर कार्य समितिको सम्पर्क कार्यालय स्थापना गर्न भनेको परिपत्र अनुसार नेपाली कांग्रेस वडा नं १ मा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । हिजो बिहीबार नै नगर कार्य समितिको परिपत्र अनुसार वडा नं १ ले आज शुक्रबार नेपाली कांग्रेसका नेता खडानन्द सापकोटाको घर मिनि मार्केटमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । उक्त सम्पर्क कार्यालयको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा निवर्तमान क्षेत्रीय सभापति भक्त बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नु भएको हो । सम्पर्क कार्यालय उद्घाटनमा , नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति देवानन्द जैसी , समानुपातिक उम्मेदवार एवम् महिला नेतृ सुशीला शाही , नगर सचिव मीन बहादुर बटाला लगायतका नेताहरूको सहभागीता रहेको थियो । नेपाली कांग्रेसका निवर्तमान वडा सभापति केशवराज बजगाईले स्वस्ती वाचन र पुजापाठ गरेर सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।



