Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बालबाटिका क्रिकेट लिग–३ सुरु, गुरुकुल एकाडेमिको बिजयी सुरुवात

बालबाटिका क्रिकेट लिग–३ सुरु, गुरुकुल एकाडेमिको बिजयी सुरुवात

  • समाचार
  • फाल्गुण १७, २०७८ मंगलवार १९:५३ बजे
  • 1.6K
    SHARES
  • बालबाटिका क्रिकेट लिग–३ सुरु, गुरुकुल एकाडेमिको बिजयी सुरुवात

    बर्दगोरियामा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, बालबाटिका क्रिकेट  लिग–३  मंगलबारदेखि सुरु भएको छ ।

    बालबाटिका बिद्या मन्दिरको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको  गुरुकुल एकेडेमी विजयी भएको छ । कर्णाली मा बि स्कुललाई ४ विकेटले     पराजित गर्दै गुरुकुल एकाडेमी  विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली मा बि टिकापुरले निर्धारित २० ओभर मध्य १९.३ ओभरमा अल आउट हुँदै १ सय २ रन बनाउन सक्यो । कर्णालीका लागि अशोक रावलले ३२ बलमा ६ चौकाको मद्दतले ३६ रनको योगदान गरे ।

    यसै गरि रोशन भुलले २० बलमा २ चौका र १ छक्काको मद्धतमा २३ रनको योगदान गरे । कर्णाली मा वि लाई १ सय २ रनमा रोक्ने क्रममा गुरुकुलका कप्तान संगम बिस्टले ४ ओभरमा १७ रन खर्चेर ५ बिकेट लिए । यसै गरि सुनिल भण्डारी र हिक्मत खत्रीले समान २÷२ बिकेट लिए ।
    १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा गुरुकुल एकाडेमिले निर्धारित २० ओभर मध्य १४.२ ओभर खेल्दै ६ विकेट गुमाउदै ४ विकेट जित निकालेको हो ।  गुरुकुलका लागि सुनिल भण्डारीले  ब्याटिङमा ३६ र कप्तान संगम बिस्टले २० रन बनाए । 
    खेलको प्लेयर अफ द म्याच संगम बिस्ट घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक स्कुल बालबाटिका र  संत निरंकारी  टिकापुर एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गणेशबाबा स्कुल र होलिल्याण्ड बीच हुने छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images