नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत ल्याएका हुन्। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज बिहीबार दोस्रो चरणको मतदान भएको थियो। २ हजार ४ सय ६७ मत खसेको थियो। पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । बमले एक हजार १६९ मत पाएका थिए भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १ सय ९७ मत प्राप्त गरेका थिए।



