सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की उप शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर निवासी स्वर्गीय देश बहादुर मुखियाको अकस्मात बिरामी भई निदान अस्पताल काठमाडौंमा मृत्यु भएपछि बिमा बापत पाउने राहत बापत बीमा लाभ बिहीबार घरमा गई एक कार्यक्रमबीच प्रदान गरेको छ । कैलालीको लम्कीचुहा २ मोतिपुरमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय मुखीयाका पत्नी हरिकला मुखियालाई ५ लाख रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरिएको हो । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले उक्त चेक रकम हस्तान्तरण गर्नु भएको हो । चेक हस्तान्तरण कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख कमल प्रसाद खनाल , मार्केटिङ अफिसर तिर्थराज जैसी , एजेन्सी म्यानेजर माया कुमारी जोशी , पदमराज जैसी , चन्द्रप्रसाद खनाल लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । स्वर्गीय मुखियाले २०७६ श्रावण २७ गते ३५ हजार रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा दम्पती बिमा गर्नु भएको थियो । मुखियाको २०७८ / कार्तिक २ गते उपचारका क्रममा अकस्मात मृत्यु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले उक्त चेक रकम हस्तान्तरण गर्दै जीवन बीमा, स्वास्थ्य बीमा अति आवश्वक भएको बताए । बिमा गर्नु भनेको बचत गर्नु तथा भविष्यमा आइपर्ने जोखिम बहन गर्ने माध्यम भएकोले बिमा गर्नु राम्रो भएको बताउनुभयो । दम्पती बिमा भएकाले अब बाकी किस्ता कम्पनीले तिर्ने र समय अवधि पुगेमा बिमाको नियम अनुसार भुक्तानी हुनेछ ।



