शिवशक्ति श्री विद्यापीठ चन्द्रमौलिश्वर धाम लम्की कैलालीको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७८ को आयव्यय सार्वजनिक गरिएको छ । ७ लाख ४ हजार ५ सय ५८ रुपैयाँ आय आम्दानी र २ लाख ७९ हजार ८ सय १० रुपैयाँ बराबरको व्यय खर्च विवरण संस्थाका संस्थापक बद्री प्रसाद लम्सालले सार्वजनिक गर्नु भएको हो ।
यस्तै चन्द्रमाैलीश्वर मातृशक्ति समूह पुनर्गठन सर्वसम्मतिमा गरिएको छ अध्यक्षमा देवकी कार्की चयन हुनु भएको छ भने उपाध्यक्षमा गंगेश्वरी शाही , उपाध्यक्षमा तारा भण्डारी सचिवमा सन्ध्या ढकाल , कोषाध्यक्षमा कला रिमाल चयन भएका छन् भने सदस्यहरुमा नम्रता शाही, समिला तिमिल्सेना, शोभा भट्टराई, चन्द्रा सिंह, आरती न्यौपाने, पार्वती उपाध्याय पाण्डे, शोभा भट्टराई, हिमादेवी पौडेल सदस्यमा चयन भएका छन् ।
शिव- शक्ति श्री विद्यापीठ चन्द्र मौलिश्वर धामका पीठाधीश स्वामी श्री निःशेषानन्दजी महाराजले संस्थाले हरेक हिसाब पारदर्शी गरिरहेको बताउनुभयो ।



