निर्धन उत्थान लघुबित्त संस्था लिमिटेड लम्की शाखाले प्रत्येक बर्ष आफ्ना सदस्यका जेहेन्दार छोराछोरीलाई प्रदान गर्दै आएको नेपालका लघुबित्त पिता स्व. डा. हरिहर देब पन्त स्मृति छात्रवृत्ति बापतको रकम तथा प्रमाणपत्र यस निर्धन उत्थान लघुबित्त बित्तीय सस्था लि. शाखा कायालय लम्की कैलाली बाट गठन गरिएको थापालिपुर महिला समुहको सदस्य रेखा जैशीको छोरी कबिता जैशीलाई आज बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । जेष्ठ नागरिक प्रमानन्द जैशी तथा समूह सदस्यको उपस्थितिमा यस संस्था लम्की शाखाका प्रबन्धक उमनाथ तिमल्सिनाले हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै शाखा प्रबन्धक तिमिल्सिनाले निर्धन उत्थानले कर्जा , बचतको मात्रै कारोबार नगरी विभिन्न अनुदान , ब्यवसायिक तालीम , गोष्ठी , बित्तीय सक्षारता कक्षा उत्कृष्ट उद्योगि ब्यसायी लाई पुरस्कर तथा बिमा क्षतिपुर्ती रकम , घातक रोगीलाई आर्थिक सहयोग तथा प्रत्येक बर्ष गरिब असाय पिछडिएका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई छात्रवृत्तिका लागि निर्धन अक्षयकोष समेत स्थापना गर्दै आएको जानकारी गराउनु भएको थियोे । उक्त कार्याक्रमको सञ्चालन शाखाका कर्मचारी भगवती भण्डारीले गर्नु भएको थियो



