Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एमाले वडा नं २ को बलियो वडा अध्यक्षको दाबेदारमा तिर्थराज जैसीको चर्चा

एमाले वडा नं २ को बलियो वडा अध्यक्षको दाबेदारमा तिर्थराज जैसीको चर्चा

  • समाचार
  • चैत्र १४, २०७८ सोमवार २१:११ बजे
  • 3.1K
    SHARES
  • एमाले वडा नं २ को बलियो वडा अध्यक्षको दाबेदारमा तिर्थराज जैसीको चर्चा

    नेकपा एमाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मा बलियो वडा अध्यक्षको दाबेदारमा तिर्थराज जैसीको चर्चा परिचर्चा व्यापक चल्न थालेको छ । चिया पसलदेखि , चोकमा समेत बलियो वडा अध्यक्षको दाबेदार भनेर चर्चा हुन थालेको छ ।                                                                सानै उमेरदेखि राजनीतिमा सक्रिय जैसी २०५९ नेकपा माओवादीको द्वन्द्वकालमा अनेरास्ववियु अछामबाट राजनीति सुरुवात गरेका थिए । वि.सं २०६२ मा राष्ट्रिय उमावि मोतिपुर इकाई कमिटीको सचिव , २०६३ र २०६४ मा इकाई कमिटी अध्यक्ष भएर काम गरेका जैसी कक्षा १२ मा पढ्दा अनेरास्ववियु कैलाली जिल्ला सम्मेलन प्रतिनिधि , २०७० सालमा संविधानसभा सदस्यको निर्वाचनमा क्षेत्र नं २ को कार्यालय सचिव , २०६५ सालदेखि २ कार्यकाल जिल्ला कमिटी सदस्य र १ कार्यकाल अनेरास्ववियु सचिवालय सदस्य , तत्कालीन नेकपा एकीकरण हुँदा नेकपा वडा नं २ को कार्यालय टिमको सदस्य , तत्कालीन नेकपा फुट्दा समेत नेकपा एमालेमै रहेर अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यको रुपमा संगठनमा प्रतिबद्ध रहेर काम गरिसकेका छन् ।                                                                   वडा नं २ मा जनताका लोकप्रिय उम्मेदवारका रुपमा जैसीलाई लिइएको छ । पछिल्लो समय युवा पुस्ता राजनीतिमा हाबी भइरहेका र अध्ययन खोजिने भएकाले जैसीले स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images