Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एमाले वडा नं २ को बलियो वडा अध्यक्षको दाबेदारमा नवराज बिष्टको चर्चा

एमाले वडा नं २ को बलियो वडा अध्यक्षको दाबेदारमा नवराज बिष्टको चर्चा

  • समाचार
  • चैत्र १८, २०७८ शुक्रवार १३:२४ बजे
  • 2.8K
    SHARES
  • एमाले वडा नं २ को बलियो वडा अध्यक्षको दाबेदारमा नवराज बिष्टको चर्चा

    नेकपा एमाले लम्कीचुहा नगरपालिका वडा नं २ को वडा अध्यक्षमा नवराज बिष्टको चर्चा परिचर्चा हुन थालेको छ । लामो समयदेखि राजनीतिमा लागेका बिष्ट जनताको सेवामा निरन्तर लागिरहेका छन् ।                                                           वि.सं २०५३ साल फागुन २८ गते तत्कालीन धमाली गाविस अछामबाट नेकपा एमालेको संगठित सदस्यबाट राजनीति सुरुवात गरेका बिष्टले २०६२ फागुनमा नेकपा माओवादीमा प्रवेश गरेर भारतमा प्रवासी संगठन अखिल भारत नेपाल एकता मञ्चको नैनीताल जिल्लाको जिल्ला सदस्यको रुपमा काम गरेको थिए । वि.सं २०६८ सालमा स्वदेश नेपाल फर्की लम्कीचुहा नगरपालिका वडा नं २ को एकीकृत नेकपा माओवादीको वडा कमिटीको अध्यक्षको रुपमा काम गरेका , २०६९ मा पार्टीको नाम परिवर्तन भएको समयमा एकीकृत नेकपा माओवादी केन्द्रको अध्यक्षको रुपमा काम गरेका , २०७४ सालको वडा नं २ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा पराजित भएका थिए ।                                       वि.सं २०७५ जेठ ७ गते एमाले माओवादी केन्द्र एकीकरण हुदा वडा कमिटी सचिव , २०७६ मा नेकपाको वडा कमिटी अध्यक्ष भएर रुपमा काम गरेका , २०७८ पुस १५ गते नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य , पार्टी छुटिदा नेकपा एमालेको नगर कमिटी कमिटी सचिव , नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य भएर काम गरिसकेका छन् ।                                        सामाजिक सेवामा निरन्तर सक्रिय बिष्ट चुनावमा पराजित हुँदा समेत वडा नं २ को विकासमा निरन्तर लागेर जनताको मन जित्ने काम गरेका छन् । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबा जित्ने बलियो उम्मेदवारको रुपमा लिइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images