निर्धन उत्थान लघुवित्त वितिय संस्थाले लम्कीचुहा ६ मा रहेको चम्किलो तारा प्राथमिक विद्यालयलाई ५ लाख रुपैयाँको निर्धन उत्थान अक्षयकोष हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदाइत्व कार्यक्रम अन्र्तगत विपन्न तथा पिछडीएको समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यले हरेक बर्ष देशका बिभिन्न विद्यालयलाई ५ लाख रुपैयाँको निर्धन उत्थान अक्षयकोष हस्तान्तरण स्थापना गरी हस्तान्तरण गदै आएको कार्यक्रम अन्र्तगत आज संस्थाको लम्की शाखा अन्र्तगत लम्कीचुहा नगरपालिकाको वडा नम्बर ६ मा रहेको चम्किलो तारा प्राथमिक विद्यालयलाई अक्षयकोष हस्तान्तरण गरेको शाखा प्रबन्धक उमनाथ तिमिल्सैनाले बताउनु भएको छ ।
संस्थाले यसअघि अछाम जिल्लाको मंगलसैन नगरपालिकाको एक विद्यालयलाई समेत सोही रकम बराबरको अक्षयकोष निमार्ण गरी हस्तान्तरण गरेको थियो । लघुवित्त वितिय संस्थाले स्थापना गरी विद्यालयलाई हसतान्तरण गरेको अक्षयकोष बाट विद्यालयमा अध्यनरत विपन्न्न बर्गको रेखामुनि रहेका बालबालिकाले हरेक बर्ष छात्रबृति स्वरुप पाउनेमा आफु विश्वस्त रहेको निर्धन उत्थान लघुवित्त वितिय संस्थाका लम्की शाखा प्रबन्धक उमनाथ तिमिल्सैनाले बताउनु भयो । संस्थाले आर्थिक कारोबार मात्र सिमित नरहेर समाजमा रहेका हरेक सरोकारका विषयमा समेत सहयोग गदै आएको स्मरण गराउदै शाखा प्रबन्धक तिमिल्सैनाले यसमा लघुवित्त संस्थाको कुनै स्वार्थ नरहेको बताउनु भयो । अक्षयकोषको सहिरुपमा सदुपयोग हुदै अक्षयकोष बृद्धिमा विद्यालय ब्यवस्थापन समिति, अभिभावक, राजनितिकदलका प्रतिनिधि र जनप्रतिनिधि शसक्तरुपमा लाग्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनु भयो । नेपालका लघुवित्त पिता मानिने स्वार्गिय डाक्टर हरिहरदेव पन्तको स्मृतिमा निमार्ण गरीएको उक्त निर्धन उत्थान अक्षयकोषको रकम सहितको चेक, दराज र अक्षयकोष सञ्चालन तथा वितरण कार्यविधिलाई विद्यालयमा आयोजित एक कार्यक्रमका विच संस्थाका लम्की शाखाप्रबन्धक उमनाथ तिमिल्सैनाले विद्यालयका प्रधानाध्यापक बलबहादुर रावत, विद्यालयका अध्यक्ष पदम खड्का, लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा, वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर र लम्कीचुहा शिक्षा शाखाका प्रमुख, शिक्षाअधिकृत गौरीकान्त न्यौपानेलाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।



