Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जयगढ बान्नीगढ गाउँपालिकामा हर्कबहादुर स्वारको व्यापक चर्चा

जयगढ बान्नीगढ गाउँपालिकामा हर्कबहादुर स्वारको व्यापक चर्चा

  • समाचार
  • बैशाख ३, २०७९ शनिवार ०९:३२ बजे
  • 2.0K
    SHARES
  • जयगढ बान्नीगढ गाउँपालिकामा हर्कबहादुर स्वारको व्यापक चर्चा

    अछामको जयगढ बान्नीगढी गाउँपालिकाको अध्यक्षमा हर्कबहादुर स्वारको चर्चा चल्न थालेको छ । विगत लामो समयदेखि राजनीतिमा लागेका स्वार प्रवासमा रहेर समेत सामाजिक काममा सक्रिय रहेका थिए । प्रवासमा बसेर समेत नेपालीहरूको हरेक काममा सहभागीता जनाएर सहयोग गर्नु भएको छ । अछाम जिल्लाबाट समेत करिब २ सय जना विद्यार्थीलाई पढाएर शिक्षाक्षेत्रको पहुँचमा पुर्‍याउन सफल भएका छन् स्वार ,          received_369708165071846.jpeg                                            भारतमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको सुखदुःखमा साथ दिनुभयो । भारतमा रहेका हरेक नेपालीहरूको समस्यामा साथ दिनुका साथै उनीहरूको आवाज समेत सरकार समक्ष पुगाएर समस्या समाधान गर्न सफल भएका थिए । कैलालीको टीकापुरमा एकल महिलालाई साडी वितरण कार्यक्रम , लम्कीचुहा नगरपालिकामा नशामुक्त अभियान सञ्चालनदेखि विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् । भुकम्प आएको समयमा रामेछाप , दोलखा लगायतका विभिन्न जिल्लामा राहत सामाग्री समेत व्यवस्था गर्नु भएको थियो ।                                                      यस्तै उम्मेदवार स्वारले आफू विजयी भएको खण्डमा जयगढ बान्नीगढ गाउँपालिकाको गुरु योजना बनाएर विकास गर्ने , बान्नीगढ माइलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान गरि पर्यटन प्रवद्वनमा तथा पर्यटकको आगमन , अव्यवस्थित सडकहरू व्यवस्थित बनाइ स्तरोन्नति गर्ने , शिक्षालाई मध्यनजर गर्दै बान्नीगढ गाउँपालिकालाई शैक्षिक नगरी बनाउने र प्राविधिक शिक्षाका आइटी , इन्जिनियर , कृषि सम्बन्धी विषय राखी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने , आर्थिक अवस्था कमजोर भएका घर परिवारका विद्यार्थीलाई निशुल्क पठनपाठनको व्यवस्था गर्ने , हरेक नागरिकलाई शिक्षाको पहुँचमा ल्याउन प्रौढ शिक्षाको समेत व्यवस्था गर्ने , हरेक चेलीबेटीहरूलाई शिक्षाको पहुँचमा ल्याउने , एकल महिलालाई सीपमूलक तालिम सञ्चालन गरि आत्मनिर्भर बनाउने , नेपाली संस्कृति परिषद्को अन्तर्राष्ट्रिय महासचिव भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरि बजेट ल्याई विकास निर्माणका कामहरू गर्ने , जयगढ बान्नीगढ गाउँपालिकाका हरेक जनताको २४ घण्टा निरन्तर सेवामा खटिने , जयगढ बान्नीगढको विकास सरकारी बजेटले मात्र हुन नसक्ने भएकाले विभिन्न दातृ राष्ट्र , संघसंस्थासँग समन्वय गरि अछाम जिल्लाकै नमुना गाउँपालिका बनाइ उज्यालो अभियान सञ्चालन गरि संसारमा चिनाउने आफ्नो ठुलो लक्ष्य रहेको जयगढ बान्नीगढ गाउँपालिकाका अध्यक्षका उम्मेदवार हर्कबहादुर स्वारले बताएका छन् ।                                       कुराभन्दा काममा बढी विश्वास गर्ने स्वार जुनसुकै काममा लागेपछि त्यसलाई सफल बनाएर छाड्ने उहाँको स्वभाव रहेको छ । जयगढ बान्नीगढका जनताको स्वास्थ , शिक्षा , रोजगारी , विद्युत , सडक पिच लगायत जनताको गास , बासको समेत व्यवस्था गर्न सक्ने स्वारलाई पार्टीले टिकट दिएको खण्डमा जनता जिताउन आतुर रहेको त्यहाँका स्थानीय पुर्ण बहादुर खड्काले बताएका छन् ।received_688163789171240.jpeg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images