नेपाल- चीन बीच ६६ बर्षे दौत्य सम्बन्ध लाई प्रगाढ र प्रगतिशील बनाउनका लागि नेपाली कांग्रेसका युवा नेताहरूले परराष्ट्रमन्त्री नारायण बहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । कांग्रेसका युवा नेताहरू धिरज सञ्जयाल र बासुदेव न्यौपाने लगायतले परराष्ट्रमन्त्री समक्ष निम्नलिखित बुँदामा छलफल सहित ज्ञापन-पत्र बुझाएका हुन् । सिमा समस्या समाधान लागि पहल गर्न , अलपत्र नेपाली विद्यार्थीहरुलाई तत्काल उद्दार गर्न पहल कदम चाल्नुपर्ने , अघोषित नाकाबन्दी खुलाउन पहल गर्नुपर्ने , व्यापार घाटा समस्याको समाधानका लागि पहल गर्न , चिनियाँ लगानीका आयोजनामा सुस्ततामा चुस्त निर्णय लिन पहल गर्नुपर्ने , शंकास्पद चिनियाँ नागरिकलाई अध्यागमनमै कडाइ गर्नुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको युथ कांग्रेसका क्षेत्रीय अध्यक्ष धिरज सञ्ज्यालले जानकारी दिएका छन् ।



