Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पञ्चपुरी १० को अध्यक्षमा टीकाराम ढकालको चर्चा

पञ्चपुरी १० को अध्यक्षमा टीकाराम ढकालको चर्चा

  • समाचार
  • बैशाख ८, २०७९ बिहिवार २०:०९ बजे
  • 2.9K
    SHARES
  • पञ्चपुरी १० को अध्यक्षमा टीकाराम ढकालको चर्चा

    सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १० को अध्यक्षमा टिकाराम ढकालको चर्चा चलेको छ । नेपाली कांग्रेसको तर्फबाट वडा नं १० को अध्यक्षमा ढकालको चर्चा चलेको हो । विद्यार्थी राजनीतिबाट राजनीति सुरुवात गरेका ढकालले वडा नं १० मा हुँदा सामुदायिक वनको अध्यक्ष भएर वन दर्ता गर्न सफल भएका थिए । टिकाराम ढकालका बुवा मनिराम ढकाल २०५४ सालमा वडा सदस्य भइसकेका छन् ।                                                                       सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन माओवादीले टिकाराम ढकालका बुवा मनिराम ढकाललाई मार्ने उद्देश्य भएपनि भागेर बाचेका थिए । मनिराम ढकाल तत्कालीन सुर्खेतका सभापति तथा पुर्वमन्त्री तप्त बहादुर बिष्टको सहयात्री भएर काम गरिसकेका छन् । १८ बर्षकाे उमेरमा क्रियासिल लिई वि.सं २०६४ मा पहिलो पटक मतदान गरेका थिए । समाजमा र वडाका नागरिकहरूमा दिनरात नभनी जुनसुकै बेला पनि कसैलाई समस्या परेमा जाने सहयोग गर्ने गरेका छन् टिकाराम ढकालले । सबै युवाहरू तथा अग्रजको समेत साथ र सहयोगबाट टिकारामले चुनाव जित्ने चर्चा चल्न थालेको छ ।                                                 राजनीतिलाई कमाउने माध्यम बनाइरहेका बेला टिकारामले सेवाका रुपमा लिएका छन् । २९ वर्षीय टिकाराम २९ वर्षका भएका छन् र हाल नेपाली कांग्रेस पञ्चपुरी नगरपालिका वडा नं १० को वडा कार्य समितिको सचिवमा रहेर काम गरिरहेका छन् । पञ्चपुरी १० का सबै युवाहरूको रोजाइ तथा टीकारामलाई पार्टीले टिकट दिएमा जित सुनिश्चित रहेको बताएका छन् ।                                एक कार्यकाल काम गरिसकेका जनप्रतिनिधिबाट जनताले अपेक्षा गरे अनुसारको विकासको अनुभुती भने गर्न पाएका छैनन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images