Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेमा

विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेमा

  • समाचार
  • जेठ १५, २०७९ आइतवार १४:४१ बजे
  • 910
    SHARES
  • विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेमा

    पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।                                        काठमाडौंबाट गएको एमआई–१७ हेलिकप्टरमा मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले बताएका छन् । सिलवालले भने– ‘पैदल फौज पनि परिचालन गरिएको छ । तर, लोकेट गर्न सकिएको छैन ।                                                        ’ मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् । विमानमा चालक दलका तिन सदस्यसहित स्वदेशी तथा विदेशी गरी २२ जना सवार थिए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images