कैलालीको मोहन्याल गाउँपालिका वडा नं ७ मा पर्ने गोराङ्गे १ नम्बर खोलामा मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ( हिमशिखर ) ले आज मंगलबार अनुगमन गर्नु भएको छ । उक्त खोलामा गाउँपालिकाको नियम बिपरित उत्खनन गरेको अध्यक्ष उपाध्यायले बताएका छन् । साथै उक्त कार्य तत्काल रोक्न निर्देशन सहित कार्वाही प्रक्रियाको लागि अगाडि बढाउने बताउनु भएको छ ।



