Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

दिगो विकास समाज भजनीको आयोजनामा ३ महिने सीपमूलक तालिम सम्पन्न

दिगो विकास समाज भजनीको आयोजनामा ३ महिने सीपमूलक तालिम सम्पन्न

  • समाचार
  • आषाढ ९, २०७९ बिहिवार २१:०३ बजे
  • 1.2K
    SHARES
  • दिगो विकास समाज भजनीको आयोजनामा ३ महिने सीपमूलक तालिम सम्पन्न

    स्वरोजगारका लागि सीपमूलक पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना सम्बन्धी ३ महिने ३ सय ९० घण्टे तालिम कैलालीको सुखडमा बिहीबार सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलालीको आयोजनामा र वल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा उक्त तालिम सम्पन्न भएको हो ।                                                                सिलाई कटाइ , व्युटि पार्लर , पलम्बिङ्ग , हेयर कटिङ , अटो रिक्सा मर्मत , मोबाइल मर्मत , मोटरसाइकल मर्मत , फर्निचर , इलेक्टि्रकल सम्बन्धी तालिम सम्पन्न भएको हो । दिगो विकास समाज भजनी कैलालीका अध्यक्ष रामबहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर रावत रहनु भएको थियो भने विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद आचार्य , बिबीसी तालिम केन्द्रका युवराज रिमाल लगायत अतिथि रहेका थिए । दिगो विकास समाज भजनी कैलालीका सहसचिव धनीराम राजीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक ललिता महतोले गर्नु भएको थियो ।                                                                                   कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर रावतले अहिले पनि नेपालीहरूको गरिबीको रेखामुनि रहेका र राज्यले गरिबी अन्त्य गर्नमा विशेष ध्यान दिनुपर्ने बताए । दिगो विकास समाजले ३ महिनासम्म तालिम सञ्चालन गर्न ठुलो आर्थिक खर्च गरेकाले सहभागीहरूले सिकेको सीप व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।                               कार्यक्रममा बोल्दै दिगो विकास समाज भजनी कैलालीका परियोजना अधिकृत प्रभु ढकालले दिगो विकास समाजले दिएको तालिमलाई व्यवहारमा लागु गर्नुपर्ने र दिएका सामानहरू सही ठाउँमा प्रयोग गर्नुपर्ने र आत्मनिर्भर बन्न महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।                                        कार्यक्रममा सहभागीहरूले दिगो विकास समाज भजनी र वल्र्ड भिजन नेपाल कैलालीले सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर बन्न सहयोग गरेको र आगामी दिनहरूमा पनि यस्तै तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।VideoCapture_20220623-205645.jpg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images