स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नेपाल कराते महासंघ राष्ट्रिय गोजुरियो कराते दो-संघ नेपाल सुदुरपश्चिम प्रदेश स्तरीय दिक्षान्त समारोह बिहीबार उद्घाटन गरिएको छ । फस्ट डन , सेकेन्ड डन र थर्ड डनमा आबद्ध कैलाली र कञ्चनपुरका खेलाडीहरूको सहभागीता रहेको छ । राष्ट्रिय गोजुरियो कराते दो-संघ नेपालका केन्द्रीय महासचिव प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका वडा नं ३ का अध्यक्ष एवम् नगरका प्रवक्ता लव बहादुर शाही रहनु भएको थियो । कार्यक्रममा अतिथिमा इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायव निरीक्षक चन्द्रराज गिरी ,राष्ट्रिय गोजुरियो कराते दो-संघ नेपाल लम्कीचुहाका अध्यक्ष मीन बहादुर बटाला , अभिभावक लालबहादुर सेज्जुवाल र पत्रकार चन्द्र प्रसाद खनाल अतिथि रहेका थिए । उक्त दिक्षान्त समारोहमा कैलाली र कञ्चनपुरका करिब ५० जना कराते प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ को चिसापानीमा ३ दिनसम्म प्रशिक्षण चल्ने राष्ट्रिय गोजुरियो कराते दो-संघ नेपालका केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र ओलीले जानकारी दिएका छन् ।



